भोल्भो पेन्टाकाे कारोबार शुरू


काठमाडौं, (नेस)
भोल्भो पेन्टाले नेपालमा कारोबार शुरू गरेको छ । नेपालमा एक्सप्लोर अर्थ मुभर्स प्रालिद्वारा आयात तथा उत्पादक सामग्रीको विस्तारमा जोड दि“दै आएको भोल्भा पेन्टाले नेपालमा कारोवार शुरू गरेको हो ।

पञ्चकन्या ग्रुपको एक्सप्लोर अर्थ मुभर्स एउटा भोल्भो निर्माणका उपकरणको आयात गर्ने डिलरको रुपमा स्थापित कम्पनी हो । भोल्भोले विभिन्न निर्माणका उपकरण निर्यात गर्दछ । यसका साथै कृषिका यान्त्रिक सामग्री, निर्माणका उपकरण, ऊर्जा उत्पादनका सामग्री, जहाजका उपकरण तथा विभिन्न निर्माणका उपकरणको उत्पादन गर्दछ ।

नेपालमा औद्योगिक विकास गर्नका लागि तथा मेसिनरीका उत्पादक सामग्रीलाई नेपालमा सेवा दिने उद्देश्यले भोल्भो पेन्टाले नेपालको एक्सप्लोर अर्थ मुभर्स प्रालिस“ंग सहकार्य गरी आधिकारिक रुपमा सेवा सञ्चालन गरेको हो । नेपालको विकास तथा प्रवद्र्धन गर्नको लागि यसले एउटा सफल तथा भरपर्दो सहयोगीको रुपमा स्थापित गर्न कम्पनीको विश्वास छ । जसले नेपालका विभिन्न क्षेत्रमा सेवा सुविधा उपलब्ध गराउन सहयोग पुग्नेछ ।

भोल्भो पेन्टा भारतका प्रमुख तथा उपाध्यक्ष माईरोन थोमसका अनुसार भोल्भो ब्रँन्ड एउटा प्रतिष्ठित कम्पनी हो, जसले पूर्ण रुपमा सदैव सहयोग गर्ने अपेक्षा राख्दछौं यसकारण हामी नेपालमा सम्पूर्ण रुपमाग्राहक लाई सेवा तथा हौसला प्रदान गर्ने प्रतिबद्धता व्यक्तगर्दछौं ।’

एक्सप्लोर अर्थ मुभर्स प्रालिद्वारा सम्पूर्ण सेवाहरु काठमाडौंबाट सञ्चालनहुनेछन् भने भोल्भो पेन्टाका सबै पार्टस् तथा सर्भिस ललितपुरबाट उपलब्ध हुनेछन् । कम्पनीले यसका शाखाका रुपमा छिट्टै देशका अन्य भागमा बिस्तार गर्ने योजना रहेको छ ।

एक्सप्लोर अर्थ मुभर्सका प्रबन्ध निर्देशक सुशील श्रेष्ठले अब आफूहरु मेरीनका उत्पादक सामग्रीलाई नेपालको विकासमा सम्पूर्ण रुपमा सहयोग तथा सेवा उपलब्ध गराउने बताउनुभयो