निर्माण व्यवसायीले ठेक्का बहिष्कार गर्ने


काठमाडौं, (नेस)

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली–२०७५ का केही बु“दाहरुको विरोध स्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासंघ कार्यसमितिको बैठकले सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाई जानकारी दिनुभयो ।

चौलागाईका अनुसार अब व्यवसायीहरुले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्र बहिष्कार गर्दै इजाजतपत्र समेत सरकारलाई बुझाउने भएका छन् । व्यवसायीहरुले आ–आफ्नो इजाजत पत्र महासंघमार्फत भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई र जिल्ला संघले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई महासंघले तोकेको दिनमा बुझाउने भएका छन् ।

यसैबीच महासंघले सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बु“दाहरुको विरोधमा थप संघर्षका कार्यक्रम तय गर्नको लागि यही जेठ २२ मा राष्ट्रिय भेला बोलाएको छ । प्रदेश महासंघ र जिल्ला संघबाट अध्यक्ष, महासचिवसहित ३ जनाको अनिवार्य उपस्थिति हुने गरी भेलाको कार्यक्रम तय गरिएको महासंघका प्रवक्ता चौलागाईंले जानकारी दिनुभयो ।