साकेला सिलीको राष्ट्रव्यापी प्रतियोगिता


खोटाङ, (नेस)। खोटाङमा सम्पन्न राष्ट्रव्यापी साकेला सिली प्रतियोगितामा जिल्लाकै साकेला गाउ“पालिका २ रतन्छाले प्रथम भएको छ। मंगलबार सम्पन्न सिली प्रतियोगितामा विभिन्न जिल्ला तथा जिल्लाबाहिरबाट सहभागी २० समूहलाई पछि पार्दै उक्त समूह प्रथम भएको हो।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडा“डामा सोमबारदेखि शुरू भएको प्रतियोगितामा सोही नगरपालिका–३ बाम्राङ द्वितीय, वडा नम्बर–६ नेर्पा तृतीय र वडा नम्बर–११ खार्मी सान्त्वना भएको छ। किरात राई यायोक्खा प्रारम्भिक कमिटी दोर्पाले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १ लाख रुपिया“का साथमा ट्रफी र प्रमाण प्रदान गरिएको छ।

यस्तै, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वनालाई २५ हजार रुपिया“का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। विजेताहरूलाई विशेष प्रकारले निर्माण गरिएको चिण्डोसमेत प्रदान गरिएको छ। विजयी समूहलाई प्रदेशसभा सदस्य रामकुमार राई (पासाङ)ले पुरस्कार प्रदान गरेका छन्। प्रतियोगिताको शुभारम्भमा प्रदेशसभा सदस्य उषाकला राई, पूर्वसांसदलगायत जिल्लाका जनप्रतिनिधिको उपस्थिति थियो।

किरात राईको प्रमुख चाड साकेलामा नाचिने साकेला सिली लोपोन्मुख बन्दै गएकाले सिलीको संरक्षण र प्रवद्र्धनका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएका छन्। कार्यक्रममा गायक तथा संगीतकार जितेन राई, उमेश राई (फुलन्देको आमा), गायक रेवत राई, गायक तथा संगीतकार पदम थुलुङ राईलगायतले आफ्ना प्रस्तुति दिएका थिए।