बजेटमा कलाक्षेत्रलाई सामान्य सम्बोधन: काठमाठौंमा स्टुडियो, कलाकारलाई सामाजिक सुरक्षा भत्ता


विदुर गिरी
सरकारद्वारा आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तुत १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपिया“को बजेटमा कलाक्षेत्रलाई भने सामान्य सम्बोधन मात्र भएको छ।

सरकारको बजेट पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राजधानीमा अत्याधुनिक सुटिङ स्टुडियो निर्माण गरिने घोषणा गरे। यसअघिका बजेटमा दोलखामा फिल्म सिटी निर्माण गर्ने घोषणा गरि“दै आएको थियो भने केही कार्य पनि भएको छ। त्यसै गरी यसअघिका बजेटमा पोखरालाई फिल्म नगरीका रूपमा अगाडि सार्नेसमेत घोषणा गरिएको थियो। अर्थमन्त्री डा. खतिवडाले राजधानीमा सुटिङ स्टुडियो निर्माण गर्ने घोषणा गरे पनि स्थल भने खुलाएनन् र बजेटको घोषणा पनि गरिएको छैन।

बजेटमा खेलकुद क्षेत्रलाई व्यापक सम्बोधन भए पनि उत्तिकै महŒव राख्ने चलचित्र क्षेत्रलाई भने केबल सम्झिने काममात्र भएको छ। खेलकुद क्षेत्रका लागि मूलपानी क्रिकेट खेल मैदान निर्माण सम्पन्न गर्न १० करोड रुपिया“ छुट्याइएको बजेटमा साहित्यकार कलाकारको वृत्ति विकासमा ध्यान दिइने अर्थमन्त्री डा. खतिवडाले घोषणा गरे। त्यसै गरी श्रमजीवी कलाकारलाई सामाजिक सुुरक्षा भत्ताको व्यवस्था गरिने भएको छ भने नेपाल टेलिभिजन र रेडियो नेपालको एकीकरण गरिने घोषणा गरिएको छ। बजेटले फिल्म छायांकनलाई व्यवस्थित गर्नेसमेत भनिएको छ।

खेलकुद क्षेत्रका लागि मूलपानी क्रिकेट खेल मैदान निर्माण सम्पन्न गर्न १० करोड रुपिया“ छुट्याइएको बजेटमा साहित्यकार कलाकारको वृत्ति विकासमा ध्यान दिइने अर्थमन्त्री डा. खतिवडाले घोषणा गरे।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं अभिनेता हरिहर शर्माले समग्रमा बजेट राम्रो भएको बताए। ‘समग्रमा बजेट राम्रो लाग्यो। एकल महिला तथा वृद्धभत्ता बढाइएको छ। सामाजिक सुरक्षा भत्तामा सकारात्मक देखिन्छ। तर चालू आर्थिक वर्षकै बजेट राम्रोस“ग कार्यान्वयन हुन सकेको छैन जस्तो लाग्छ। यदि कार्यान्वयन हुने हो भने अहिलेको बजेट सकारात्मक छ’, शर्माको भनाइ छ– ‘म सम्बद्ध कला क्षेत्रका लागि कति विनियोजन गरिएको छ भन्ने कुरा पछि किताब आएपछि मात्र थाहा हुन्छ। यस वर्ष पनि कला क्षेत्रलाई सम्बोधन गरिएको छ। तर कार्यान्वयन हुने कुरा भने कति विनियोजन गरिएको छ त्यसमा भर पर्ने कुरा हुन्।’

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बोर्डले दिएका केही सुझावको सम्बोधन भएको बताए। ‘हामीले ५÷७ वटा सुझाव पेस गरेका थियौं। जसमध्ये केही सम्बोधन गरिएको छ। काठमाडौंमा सुविधासम्पन्न सुटिङ स्टुडियो निर्माणका बारेमा लबिङ गरेका थियौं। बजेटमा व्यवस्था गरिएकोमा खुसी लागेको छ।’ –भट्टराईले भने। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बजेट महŒवाकांक्षी र ठूलो भए पनि कार्यान्वयनमा शंका रहेको बताए। ‘बजेट महŒवाकांक्षी र ठूलो छ। पहिले पहिलेजस्तै बजेट ठूलो आउने तर खर्च नभएर फर्किने हो भने यसको अर्थ छैन। कार्यान्वयन भयो भने पक्कै पनि परिवर्तन आउनेछ’, आकाश भन्छन्– ‘फिल्म क्षेत्रलाई ३ कुराले सम्बोधन गरिएको छ। तर फिल्म क्षेत्रको नाम मात्र उचारण गरेर भएन। काठमाडौंमा सुटिङ स्टुडियो अति आवश्यक थियो।

यसको सम्बोधन भएको छ। तर बजेट छुट्याइएको छैन। त्यसमा निजी क्षेत्र संलग्न हुने कि नहुने प्रस्ट छैन। कलाकारलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिने भनिएको छ। यो कलाकारलाई मात्र हो कि प्राविधिक वा अरू ककसलाई भन्ने प्रस्ट छैन।’ आकाश थप्छन्– ‘फिल्मको छायांकनलाई व्यवस्थित गर्ने भनिएको छ। त्यो पक्कै पनि विदेशी फिल्मको छायांकनलाई व्यवस्थित गर्ने भनिएको होला। यो स्वागतयोग्य छ। विदेशी फिल्म छायांकनमा अहिलेसम्म बेथिति थियो। एकद्वार प्रणाली थिएन।

फिल्मबारे ज्ञान नभएका कम्पनीले ठेक्का लिएका थिए। जसले गर्दा बलिउडदेखि हलिउडसम्म सुटिङ गर्न नेपाल जानु हु“दैन भन्ने गलत सन्देश गएको थियो। यसलाई व्यवस्थित गर्न सम्बोधन भएको छ। तर कसले गर्ने कसरी गर्ने भन्ने डिटेल छैन। सायद राजपत्र आएपछि थाहा होला।’ फिल्मकर्मी नीर शाहले फिल्म स्टुडियो निर्माण घोषणा स्वागतयोग्य भएको बताए। ‘श्रमवीजी कलाकारको सामाजिक सुरक्षा भत्ताबारे हामीले कुरा उठाएका थियौं। बजेटमा त्यो कुरा आएको रहेछ खुसी लाग्यो। फिल्म स्टुडियो निर्माण गर्ने कुरा फिल्म क्षेत्रको विकासका लागि स्वागतयोग्य छ। तर कहा“ कसरी, कसले निर्माण गर्ने भन्ने कुरा अहिले जानकारी छैन। पछि बुझेर मात्र कमेन्ट गर्न सकिने कुरा हो।’ –शाहले भने।