छात्रामाथि शिक्षकको कुदृष्टि, रक्सीको मातमा अनैतिक क्रियाकलाप


मोतीराम तिमल्सिना, काभ्रे
घटनाको ६ दिनसम्म पनि उनको अनुहारमा उज्यालो देखिदैन थियो । ओठ कलेटी परेको थियो । त्यो कालरात्रीले उनिहरुलाई समय समयमा झस्काईरहन्छ ।

विद्यालय पोशाकमै जिल्ला प्रहरी कार्यालय आईपुगेका जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका २ कालिदेवी मावी घर्तिछाप कुपिन्टारका छात्राहरुले शिक्षकद्धयले गरेको यौन हर्कतको सविस्तार बयान गरे । जिल्ला प्रहारी कार्यालयमा विद्यालयका प्रधानाध्यापकसहित विद्यार्थीहरु र उनका आफन्तहरुको जुलस जस्तै देखिन्थ्यो । ‘अनुसन्धानका लागि पीडित छात्राहरुलाई सेफ हाउस र आरोपित शिक्षकलाई हिरातमा राखेका छौं’– जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले बताउनु भयो–‘शिक्षकहरुले आफ्नै विद्यालयका छात्राहरु माथी गरेको यौन दुराचारको घटनालाई सूक्ष्म ढंगले अनुसन्धान शुरु गरेका छौं ।’

‘शुरुमा उहाँ शिक्षकहरुले नै हामीलाई थोरै छौं, एकै स्थानमा सुतौं, बरु तिमीहरु हामी सुत्ने खाटमा सुत हामी भुईमा सुत्छौं भनेर लैजानुभयो’, पीडित छात्राले भन्नुभयो– ‘हामी उहाँहरु सुत्ने खाटमा दुई÷दूई जना सुत्यौं, एउटा खाटमा हाम्रै छात्र साथी एक्लै सुते, भुईमा शिक्षकहरु सुत्न ओछ्यान लगाईएको थियो । रातिको १० बजे तिर हामी थकित भएकाले तुरुन्तै निदायौैं ।’

‘शिक्षक रामेश्वर राय रक्सि खान निस्केका रहेछन् । अन्दाजी रातको १२ बजे तिर उनि रक्सिले टिल्ल परेर कोठामा आए । बत्ति निभाए । मोवाईलको उज्यालोले धि धिप गर्दै हामी सुतेको खाटमा आए । शरिरका संवेदनशिल अंगहरु चलाउन थाले । पहिलो पटक हामी निद्रामै परेकाले थाहा पाएनौ । दोश्रो पटक मेरो तल लगाएको कपडा तान्न खोज्यो, मैले लात्तिले हानेर भुईमा झारिदिएँ । सँगै सुतेको साथीलाई कुईनाले हानें । तेश्रो पटक हामिले प्रतिकार ग¥यौं’, पीडित छात्राले भन्नुभयो– ‘रातभर डराई डराई वितायौं । विहानी पख घर फर्कने बेला बेलुकाको घटनाको छलफल भयो । शिक्षकले कान समाएर माफि मागे । हामीले माफि दिएनौं । हाम्रो मोवाईलमा चार्ज थिएन । चार्ज गरिदिनु भन्दा पनि उहाँहरुले मान्नुभएन ।’

‘जेष्ठ १० गते हामी घरमा ढिला आएकाले केहि कुरा भएन । जेष्ठ ११ गते काठमाडौमा रहेका दाजुलाई फोनमा घटनाको बारेमा बताएँ । प्रधानाध्यापकलाई पनि जानकारी गराएँ । उहाँहरुले तत्काल उहाँहरुलाई कारवाहीका लागि कानुनी उपचार खोज्न पहल गरिदिनु भयो । हामी सुरक्षित रुपमा जिल्ला प्रहरी कार्यालय आयौं । तर शिक्षकहरु गाउँमा हल्ला भएपछि भागेछन’ –छात्राले भन्नु भयो । ११ गते राति नै शिक्षकहरु गाउँ छाडेर भागेको खवर आयो । गाउँलेहरुले खोजतलास गरे । महाभारत लेककै ताराखसे भन्ने स्थानमा रामेश्वर राय फेला परे । अर्का शिक्षक फरार छन् । पक्राउ परेका शिक्षकले रक्सिले मात्तिएको बेला भएको घटना स्विकारेका छन् ।

जिल्लाको महाभारत गाउँपालिकामा जेष्ठ ७ गते देखि ९ गतेसम्म आयोजना गरिएको महाभारत गाउँपालिका अध्यक्ष रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागि हुन आएका कालिदेवी मावी घर्तिछाप २ कुपिन्टारका चार छात्रा माथी विद्यालयकै दुई शिक्षकले जर्बजस्ति करणीको प्रयास गरेको भन्दै उजुरी परेको छ । ‘जसलाई विद्यार्थी जिम्मा लगाएर विद्यालयले पठायो, उसैबाट विद्यार्थी माथी त्यस्तो प्रयास भएछ’, प्रधानाध्यापक सुनिलकुमार सारुले भन्नुभयो– ‘घटना घटेको जानकारी प्राप्त भएलगत्तै विद्यालयले दुबै शिक्षकलाई बर्खास्त गरी कारवाहीका लागि प्रहरीकोमा जानकारी पठाएका छौं ।’

कालिदेवी माविबाट शिक्षक रामेश्वर राय र रामजीलाल दास २७ जना विद्यार्थीका जिम्मेवारी सहित उक्त प्रतियोगितामा सहभागी हुन गएका थिए । १३ जना छात्रा मात्रै थिए । छात्र र छात्रालाई खानाको मेस एउटै भए पनि सुत्न अलग अलग ब्यवस्था गरिएको थियो । जेष्ठ ९ गतेसम्म विभिन्न विद्यामा प्रतिस्पर्धा गर्दा ५ जना विद्यार्थी बाँकी थिए । पुरस्कार वितरण समेत गर्दा साँझ विद्यार्थीहरु घर फर्कन भ्याएनन् । शिक्षकद्धयले जेष्ठ १० गते विहान चाँडै फर्कने भएकाले एउटै घरमा सुत्ने प्रस्ताव राखे । ५ विद्यार्थी मध्ये ४ छात्रा थिए । उनिहरु दुई दुई जना शिक्षकहरु सुत्ने खाटमा सुते ।

एक छात्र बीचको खाटमा एक्लै सुते । दुई शिक्षकलाई भुईमा ओछ्यान लगाईयो । रामेश्वर मावि तहमा जनसंख्या र निमावी तहमा विज्ञान पढाउँदै आएका छन् । सर्लाहि चक्रघट्टा गाउँपलिका घर भएका रामेश्वर ८ वर्ष देखि विद्यालयमा करारमा कार्यरत छन् । पटक पटक उनले विद्यार्थी माथी गरेको दुब्र्यवहारको मौखिक उजुरी आईरहेको थियो । रौतहट घर भएका रामजीलाल १ वर्ष देखि कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई गणित विषय पढाउँदै आएका छन् ।