अझै दलीय सहकार्यको खाँचो: प्रचण्ड


लीला सुनुवार, ओखलढुंगा
नेपाल कम्न्युस्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको बिकास र सम्बृद्धीका लागी सबै दलहरुको सहकार्यको खाचो अझै रहेको बताउनु भएको छ । चिसंखुगढि गाउपालिकाले गणतन्त्र दिबसको अवसरमा चिसंखुगढी ओखल्ढुङ्गामा आयोजना गरेको सहिद क्याप्टेन यज्ञ बहादुर थापाको सालिक सिलान्यास कार्यक्रमको सम्बोधन गर्दै उत्त कुरा बताउनु भएको हो ।

ईतिहास म भुल्न चाहान्न र सक्दिन पनि नेपाली कांग्रेशका नेता स्वर्गीय गिरिजा प्रसाद कोईराला र मेरो सहकार्यमा भएको बृहत शान्ति शम्झौता ले गर्दा नै मुलुकमा आज यति धेरै परिबर्तन भएका छन अध्यक्ष प्रचण्डले बताउनु भयो । मुलुकमा अझै दिगो बिकास र स्थाई शान्ति चाहाने हो भने सम्पुर्ण राजनितिक दलहरु एकै ठाउमा रहेर सहकार्यको प्रकृया बाट अघि बढ्नुपर्ने कुराको जोड अध्यक्ष प्रचण्डले दिनुभयो ।

सम्बोधनकै क्रममा उहाले मुलुकमा संघियता र स्थाई शान्ति नचाहाने अराजक तत्वहरुले बिध्वंस मच्चाउन खोजेको तर देशमा संघियता कार्यन्वयनमा आई सकेकोले त्यस्ता अराजकता निम्त्याउन खोज्ने हरु आफै समाप्त हुने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बिकास निर्माणले गति नलियसम्म सम्बृद्धि नहुने भएकोले अहिलेको सरकारले बिकास निर्माणको कामलाई मुख्या प्रथमित्तामा राखेको बताउनु भयो । जबसम्म ग्रामिण क्षेत्रमा रहेको बस्तीहरुमा बिकासको मेरुदण्डको रुपमा रहेको सडक,खानेपानी,शिक्षा र स्वास्थ्यको पहुच पुराउन सकिन्न तब सम्म देसमा सम्बृद्धी छाउदैन अध्यक्ष प्रचण्डले बताउनु भयो ।

अध्यक्ष प्रचण्डले निर्माणधिन अबस्थामा रहेको रामेछापको मन्थलि सागुटार ओखल्ढुंगा हुँदै भोजपुर जोडिने बाटोको नामसहिद क्याप्टेन यज्ञबहादुर थापाको नाम बाट नामकरण गर्नको लागी सरकार संग प्रस्ताब लैजाने अस्वासन समेत दिनु भयो । अध्यक्ष बाहालले क्याप्टेन यज्ञ बहादुर थापाको परिवारलाई शहिद परिवारले पाउने रकम १० लाख दिलाउन आफुले पहल गर्ने समेत बताउनुभयो ।

क्याप्टेन यज्ञबहादुर थापा २०३१ सालको टिम्बुरबोटे काण्डका योद्धा हुन् । उहा लाई तेति खेरको सरकारले ओखल्ढुङ्गाको खानीभञ्ज्याङ्गबाट गिरफतार गरी सिन्धुलीको कमला खोच भन्ने ठाउमा २०३५ साल माघ २७ गते हत्या गरेको थियो ।