यौन सम्बन्ध लुकाउन वृद्धको हत्या


गोकुल घोरसाइने, बारा
यौन सम्बन्ध खुल्ने आशंकामा किशोर किशोरीको एउटा जोडिले स्थानीय एक वृद्धको हत्या गरेको खुलेको छ । १६ बर्षिय किशोरी र १७ बर्षे किशोरको जोडी पक्राउ परेपछि सिम्रौनगढ नगरपालिका ७ का ६० बर्षिय परिक्षण महरा चमारको हत्या रहस्य खुलेको हो ।

बस्दै आएको छाप्रोमा चमार एक साताअघि राति मृत अवस्थामा फेला परेका थिए । हत्यापछि फरार रहेका किशोरलाई प्रहरीले गत सोमबार सिमाविर्त क्षेत्रबाट पक्र्राउ गरेको थियोे । हत्या आशंकामा किशोरीलाई प्रहरीले भोलिपल्ट नियन्त्रणमा लिएको थियो । अभियुक्तहरु दुबै नाबालक भएकोले परिचय खुलाउन नमिल्ने प्रहरीले जनाएको छ । किशोरी स्थानीय विद्यालयको कक्षा ९ मा अध्ययनरत र किशोर भने यसै बर्ष एसइइ परीक्षामा सामेल थिए ।

आपत्तिजनक अवस्थामा फेला परेका किशोर किशोरीले घटना सार्वजनिक हुनसक्ने डरमा चमारको हत्या गरेको प्रहरी उपरीक्षक सानुभाई भट्टराईले बताए । गाउँबाहिर खेत छेउ एकान्तमा रहेको छाप्रोमा मान्छे नभएको मौका पारेर यौन सम्पर्क निम्ति जोडी राति करिव १० बजे भित्र पसेको थियो । ‘खाना खाएर बाहिर निस्केका रहेछन, उपरीक्षक भट्टराईले भने, फर्र्किदा भित्र मचानमा आपत्तिजनक अवस्थामा फेला परेपछि दुबै मिलेर हत्या गरेछन ।’
चमारले घटना सार्वजनिक गरिदिने भन्दै उनीहरुलाई धम्काएको पनि प्र्रहरीले बताएको छ । किशोरीले दिएको बयान आधारमा किशोर पनि पक्र्राउ परेपछि घटनाको रहस्य खुलेको हो । उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको प्रहरीले बताएको छ ।

लामो समयदेखि कुष्ट रोगले पिडित चमार सिम्रौनगढ नगरपालिका ७ स्थित झवानी गाउँबाट दक्षिणतर्फको खेतमा छाप्रो हालेर एक्लै बस्दै आएका थिए । किशोर किशोरीले प्रहरीसँगको बयानका क्र्र्रममा चमारको हत्या आफुहरुले नै गरेको स्विकार गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान अन्तर्गत जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्र्रहरी कार्यालयले जनाएको छ ।