खेलकुदलाई करिब ४ अर्ब बजेट


काठमाडौं, (नेस)
नेपाल सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले बुधबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷२०७७ को बजेटमा खेलकुदलाई करिब ४ अर्बको रुपियाँ विनियोजन गरेका छन् ।

अर्थमन्त्री खतिवडाले युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपियाँ विनियोजन गरेका हुन् । यो प्रस्तुत गरेको बजेटको शून्य दशमलव २६ प्रतिशत वजेत हो । सरकारले २०७६÷७७ को लागि करिब १५ खर्ब ३२ अर्ब र ९६ करोड र ७१ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ ।

सरकारले प्रस्तुत गरेको बजेटमा गत वर्षको भन्दा झण्डै १९ करोड कम रहेको छ । अघिल्लो आर्थिक वर्षको बजेटमा खेलकुदलाई ४ अर्ब १८ करोड ९५ लाख रुपियाँ विनियोजन गरेको थियो । बजेटकै अनुसार मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई २ वर्षभित्र पूर्णरुपले सन्चालनमा ल्याउने योजनासहित १० करोड रुपियाँ विनियोजन गरेको छ ।

यस्तै सरकारले पहिलो पटक क्रिकेट एकेडेमी बनाउन पनि बजेट छुट्याएको छ । त्यस्तै काठमाडौंमा अन्तर्राष्ट्रिय खेलकुद परिषद बनाउन बजेट छुट्याएको छ । यस्तै प्रत्येक प्रदेशमा रंगशाला निर्माण गर्नेका साथै एक विद्यालय एक खेलकुद शिक्षक नियुक्त गर्न पनि रकम छुट्याएको छ ।