ऊर्जामा साढे ८३ अर्ब


नेपाल समाचारपत्र, काठमाडौं
सरकारले ऊर्जा क्षेत्रको विकासको लागि ८३ अर्ब ४९ करोड रुपिया“ विनियोजन गरेको छ ।

विनियोजित बजेटमध्ये बूढीगण्डकी आयोजनाको लागि १३ अर्ब ५७ करोड, तनहु“ जलविद्युत् आयोजनाका लागि ८ अर्ब ९० करोड, तामाकोसी–५ को लागि १ अर्ब ८५ करोड र बूढीगंगा जलविद्युत् आयोजनाको लागि २ अर्ब २ करोड रुपिया“ बजेट विनियोजन भएको छ।

सबै प्रदेशमा कम्तीमा दुई ठूला जलविद्युत् तथा सौर्य आयोजनाको विकास गर्दै सबै नेपालीको घरमा आधुनिक ऊर्जा पु¥याई उज्यालो नेपाल बनाउने गरी जलविद्युत र नवीकरणीय ऊर्जाको विकास तथा विस्तार गर्ने योजना सरकारले अगाडि सारेको छ। जलविद्युत्, सौर्य, जैविक, वायुलगायतका नवीकरणीय ऊर्जाको उपयोगबाट ऊर्जाको पहु“च कम भएका प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई पूर्ण रुपमा अध्या“रोमुक्त प्रदेश घोषणा गरिने आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ।

आगामी आर्थिक वर्षमा नेपालको पानी जनताको लगानी अभियान सञ्चालन गरी माथिल्लो अरुण, किमाथान्का अरुण, त्रिशुली ३ बी, सान्जेन, माथिल्लो सान्जेन, फुकोट कर्णाली र किमाथांमका लगायत १८ आयोजनाको निर्माणबाट ३५ सय मेगावाट क्षमताको जलविद्युत् उत्पादन प्रक्रिया अगाडि बढाइने भएको छ। त्यसबाहेक सामुदायिक तथा अन्य ग्रामीण विद्युतीकरणतर्फ ४ अर्ब ५० करोड रुपिया“, राष्ट्रिय ग्रीड प्रणाली नपुगेका स्थानमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत विद्युतीकरणका बहुवर्षिय कार्यक्रमहरु संचालन गर्न ३ अर्ब ४७ करोड बजेट विनियोजन भएकोछ।

त्यस्तै तमोर जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरी राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गरिनेछ भने दूधकोशी, पश्चिम सेती, कर्णाली चिसापानी, नलगाड र उत्तरगंगालगायतका जलविद्युत आयोजनाहरुको लगानीको ढा“चा यकिन गरी निर्माण अघि बढाइनेछ। नौमुरे बहुउद्देश्यीय आयोजनाको निर्माण विधि तय गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने, ठूला जलविद्युत आयोजनाहरुको कार्यान्वयनमा सार्वजनिक–निजी साझेदारीलगायत लगानीका वैकल्पिक उपायहरु अवलम्बन गरिनेछ।

क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सुदृढीकरण गरिन कार्यक्रम बजेटमा उल्लेख छ । ढल्केबार, हेटौंडा र ईनरुवामा निर्माणाधीन सवस्टेशनहरु निर्माण सम्पन्न गरी नेपालमा पहिलोपटक ४०० केभी प्रणालीमा आधारित ढल्केबर सवस्टेशन सञ्चालनमा ल्याइने लक्ष्यछ।

यसैगरी बुटवलदेखि गोरखपुर र गल्छी–केरुङ ४०० के.भी. क्षमताको अन्तर्देशीय प्रसारण लाइन निर्माण, पूर्व पश्चिम राजमार्ग र मध्य पहाडी पुष्पलाल लोकमार्गको समानान्तरमा र नदी वेसिनका आधारमा उत्तर दक्षिण प्रसारण लाइन निर्माण शुरु गर्ने बजेटमा उल्लेख छ।