मेलम्चीलाई ७ अर्ब ३९ करोड रुपियाँ


नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री युवराज खतिवडाले बुधबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७६÷७७ को बजेटमा पूर्वधार विकास क्षेत्रलाई १ खर्ब ६३ अर्ब रुपियाँ विनियोजन गरिएको छ ।

उक्त बजेट बक्तव्यमा बहुचर्चित मेलम्ची खानेपानीलाई आगामी आवमै सम्पन्न गर्न ७ अर्ब ३९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

उक्त रकमले मेलम्चीको बाँकी काम सम्पन्न गर्ने र दोस्रो चरणको लार्के र यांग्रीको कामका लागि सडक विस्तार गर्ने उहाँले दाबी गर्नुभयो ।

यस्तै रेल र जल यातायातको लागि १ खर्ब ६३ अर्ब विनियोजन भएको छ ।
यसपटकको बजेट वक्तव्यमा नयाँ विशेषता समेत थपिएको छ । हरेक प्रदेशमा दुई राजमार्ग पु¥याउने र हरेक निर्वाचन क्षेत्रमा एक रणनीति सडक सञ्जालले जोडिने जस्ता योजना यसपटकको बजेट वक्तव्यका लागि थपिएका विशेषता हुन् ।

यस्तै तराई मधेससँग काठमाडौं जोड्ने दु्रतमार्ग निर्माणका लागि सरकारले १५ अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । हुलाकी राजमार्ग निर्माणका लागि साढे १३ अर्ब रुपियाँ विनियोजन भएको छ ।

पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपियाँ बजेट छुट्याईएको छ । मेट्रो र मोनो रेलका लागि ७ अर्ब ७० करोड रुपियाँ विनियोजन भएको छ ।

नागढुंगा नौविसे सुरुङ मार्गनिर्माकालागि ६अर्ब रुपियाँविनियोजन भएको छ भने काठमाडौं चक्रपथको बाँकी खण्डको सडक विस्तारकालागि १ अर्ब ८१ करोड रुपियाँ बजेट विनियोजन भएको छ ।

मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड, गल्छी–त्रिशुली–मैलुङ–सडकलाई दुई लेनको बनाउन १ अर्ब ५८ करोड रुपियाँ बजेट सरकारले छुट्याएको छ ।

त्यस्तै गरी, मदन भण्डारी राजमार्गको लागि ४ अर्ब ८२ करोड,विपी राजमार्गलाई ९६ करोड रकान्तिलोकपथकालागि ६९ करोड रुपियाँ बजेट छुट्याएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थलनिर्माणका लागितीनअर्ब ३४ करोड, लुम्बिनीविकास क्षेत्रकालागि १ अर्ब, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई निर्माण पूर्वतयारी गर्ने गरी बजेट व्यवस्था गरेको छ ।

त्यस्तै सडक मर्मतको लागि पेट्रोलियमपदार्थमा १ रुपियाँथप कर लगाइने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

काठमाडौं उपत्यकामा सवारी चापकाकारण सवारी जामभएको भन्दै तिनकुने–कोटेश्वर–जडिबुटी सुरुङ मार्ग बनाउने, नयाँबानेश्वरमा अन्डरपास र त्रिपुरेश्वर देखि माइतिघरसम्म फ्लाई ओभरको विस्तृत सम्भाव्यताअध्ययन गरी निर्माण कार्य सुरु गर्ने जनाइएको छ ।