….पाए, तर खुसी भएनन्: ढकाल


जुन ढंगले वजेट आउला भन्ने लागेको थियो त्यसरी आएन । यो वजेटले कर्मचारीको भावनाको सम्बोधन गरेन । २० प्रतिशत मात्र तलब बढाएर अहिलेको समाज र परिवारको आवश्यकता धान्न सकिँदैन ।

कर्मचारीलाई उत्साहित गर्ने कुनै योजना आएनन् । कर्मचारी स्थायी सरकार भएकाले उनीहरुका कुरा बजेट समावेश गर्नुपर्दथ्यो । त्यसो हुन सकेन । अरु केही कार्यक्रम त राम्रै छन् तर सरकारलाई हरेक ढंगले सहयोग गर्ने कर्मचारीको मनोबल गिराएर लक्ष्य पूरा गर्न सकिदैन । अर्थमन्त्री, अर्थसचिव र अरु अधिकारीले कर्मचारीलाई पूरै वेवास्ता गरेका छन् ।

हामीले आधिकारिक ट्रेड युनियनको नेतृत्व गरेर पटकपटक अर्थमन्त्री र सचिवलाई भेट्न खोजेका थियौं तर समय नै पाएनौं । कर्मचारीलाई पूरै अपमान गरिएको छ । यसमा हाम्रो आपत्ति छ ।