आमसञ्‍चार ऐन तर्जुमा गरिने


नेपाल समाचारपत्र, काठमाडौं ।

सरकारले आमसञ्‍चार क्षेत्रको गुणस्तरीय एवंम सर्वसुलभ पहुँचका लागि आमसञ्‍चार ऐन तर्जुमा गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६ ०७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताउनुभएको छ ।

यस्तै सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनको एकिकरण सम्पन्न गरी सार्वजनिक सेवा प्रसारण संस्थाको रुपमा सञ्‍चालन गरिने बताएको छ।