कार्वाइड हालेर पकाईन्छ आँप, खानका लागि हानिकारक


सुभेन्द्र दास , लहान ।

बढ्दो गर्मी सँगै तराइको जन जिवन कष्ठकर भइरहेको बेला गर्मी मौसममा आँप धेरै लाई मनपर्ने फल पनि हो । यो बिचमा मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप सिरहा सहित तराईका स्थानिय बजारमा खुल्याम रुपमा बिक्रि वितरण भइरहेको पाइएको छ ।

भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु तराईका विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको लागि धमाधम ल्याउने गरिएको छ ।

यसरी विभिन्न बिषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खान नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । अहिले लहान बजारको शहिद चौक र विभिन्न घुम्ती पसलमा विक्रिका लागि बिषादी प्रयोग गरिएका आँप राखिएका छन् ।

तराईका जिल्लाहरुमा मात्रै नभई देश भरि नै भारतीय आँपको राम्रो प्रभाव रहेको छ।आँपमा बिषादी हालेर पकाइने गरेकोले विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ ।

जेनरल फिजिसियन डाक्टर रितेश कुमार गिरिका अनुसार हनिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गाटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने, झाडापखाला हुने तथा शरीरमा बिभिन्न समस्या आउने हुदा यस्तो आँप नाखादा नै बेस हुने बताउछन।