समाजसेवी गुरुङसहित अन्यलाई प्रचण्डको सम्मान


काठमाडौं (नेस) ।
सोसल सर्भिस लाईफ टाईम अवार्डबाट हेल्थ एण्ड एजुकेशन नेपालका अध्यक्ष जगतबहादुर गुरुङसहित सम्मानित भएका छन । राजधानीमा मंगलबार गन्तव्य नेपाल ग्रुपको १५औं वार्षिकोत्सवको अवसरमा संस्थाले गुरुङलाई सामाजिक कार्यमा उत्कृष्ट कार्य गरेबापत सम्मान गरेको हो ।

नुवाकोटमा जन्मेका गुरुङले सडक तथा गाउँमा बिजुली पु¥याउनका लागि आफ्नो तर्फबाट योगदान गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको पर्यटन बिश्वका लागि अनुकरणीय रहेको र नेपालको बिबिधता बिश्वसामु आर्कषणको केन्द्र रहेको भन्दै पर्यटन क्षेत्र कहिल्यै अन्त नहुने सम्भावना बोकेको क्षेत्र भएकाले यसको बिकासमा सरकार लागि पर्ने बताउनुभयो ।

गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अबिरलले भिजिट नेपाल २०२० को लक्ष्य प्राप्त गर्न आफु लागिपरेको भन्दै पर्यटन क्षेत्र चलायमान बनाउन बार्षिकोत्सवलाई राष्ट्रिय कार्यक्रमको रुपमा प्रस्तुत गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपालको पर्वतारोहण क्षेत्रमा छोटो समयमै किर्तिमान बनाउन सफल आरोही मिङ्मा शेर्पालाई टुरिजम म्यान अफ दि ईयर २०१९ अवार्ड प्रदान गरिएको थियो ।

पर्यटन पुरस्कारबाट सुबोध सिंखडा, युवराज श्रेष्ठ, दुर्गादत्त ढकाल, संगम शेर्पा, आशुतोष भण्डारी, तेम्बा लामा, नवराज श्रेष्ठलाई बिधागत पर्यटन पुरस्कार प्रदान गरिएको थियो ।

यसका साथै पर्यटन पत्रकारिता पुरस्कारबाट उत्तरगया दैनिकका शिव देबकोटा, सगरमाथा टेलिभिजनका समाचारदाता श्रीकृष्ण सुबेदी, शिवपुरी मिडियाका रबिन थपलिया, शारदा प्रिन्टिङ प्रेसका भिमप्रसाद सापकोटालाई सम्मान गरिएको थियो ।