कोकिन कयाप्सुल निल्ने जापानीको मृत्यु


मेक्सिको सिटी , ( एजेन्सी )
मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट हवाई उडानबाट जापान आइपुगेका एकजना जापनी पुरुषको आफुले निलेको २ सय ४६ वटा कोकिन भरिएको कयाप्सुलको कारण ज्यान गएको मंगलवार जापानी प्रहरीले जनाएको छ ।

जापानको नारिता अन्तर्राष्ट्रि विमानस्थलका लागि उडेको सो विमानमा उनले निलेको क्याप्सुल फुटनासाथ उनले नराम्ररी छटपटी गर्न थालेपछि सो विमानलाई मेक्सिको सोनारा राज्यमा आपतकालिन अवतरण गराइएको थियो ।
सरकारी सुत्रले उदो एन नामक ति व्यक्तिको ड्रग ओभरडोज भएपछि सेरेवरल ओएडेमाको कारण मृतइु भएके जनाइएको छ । सो विमानलाई कोलम्वियाको राजधानी बोगोटामा पु¥याइएपछि त्यसका यात्रुहरुलाई अर्को विमानमा चढाएर गन्तव्य तर्फ लगिएको थियो ।

सोनोराका महान्यायधिवक्ताले अटोप्सीको दौरान उनको पेट र आन्द«ामा २ दशमलव ५ सेन्टिमिटर लामो र १ सेन्टिमिटर चौडाइको कोकिन भरिएका क्याप्सुलहरु पाइएको जनाएका छन् । मेक्सिकोको संघिय निकायले यस घटनाबारे आवश्यक छानविन गर्ने भएको छ ।