इशनिन्दाको आरोपमा हिन्दू डाक्टर गिरफ्तार


हिन्दुहरुको पसलमा आगजनी
इस्लामाबाद (एजेन्सी)
पाकिस्तानको सिन्ध प्रान्तमा इशनिन्दाको आरोपमा एक हिन्दु डाक्टरलाई गिरफ्तार गरेपछि त्यस इलाकामा तेनाव फैलिएको छ ।

रमेश कुमार पहिचान गरिएका डाक्टर पक्राउ परेपछि मिरपुरखास जिलामा फुलादयों वस्तीमा आक्रोसितहरुले हिन्दुहरुको पसलहरुमा आगजनी गरेका छन् ।

सामाजिक सन्जालमा यो सँग सम्बन्धित भिडियो भाइरल भइरहकेो छ , जसमा प्रदर्शनकारीहरु पसलहरुमा आगजनी गरिरहेको देखिएका छन् । डाक्टरमाथि कुरानको पन्नामा औषधी पोका पारी दिएका आरोप लगाइएको छ ।

स्थानिय थानाका अधिकारी जाहिद हुसैनले डाक्टर विरुद्ध मुद्दा दर्ता भइसकेको बताए । यसमा पुरै छानबिन हुने उनले जानकारी दिए । प्रदर्शन सुरु भएकोले डाक्टरलाई सुरक्षित स्थानमा लगिसकेको छ । पाकिस्तानमा हिन्दु सबैभन्दा ठुलो अल्पसंख्यक समुदाय हो । सिन्ध प्रान्तको दुर्गम इलाकामा ठुलो संख्यामा हिन्दु बस्दै आइरहेका छन् ।

यसबीच पाकिस्तान हिन्दु काउन्सिलले निजी शत्रुताका कारण मानिसहरु अल्यसंख्यक माथि इशनिन्दा कानुन अन्तर्गत निशाना बनाइरहेको छ । लाहौरको एक सामाजिक संस्था संगठनले सन् १९८७ देखि २०१६को बीचमा पाकिस्तानमा १ हजार ४ सय ७२ लाई इशनिन्दा कानुन अन्तर्गतको आरोप लगाइएको जनाएको छ ।

केही महिना अगााडी मात्रै एक इसाइ महिलालाई इशनिन्दाको आरोपमा दिइएको मृत्युदण्डको सजायँ अदालतद्वारा खारेज गरेको थियो । अदालतको उक्त निर्णयलाई लिएर पाकिस्तानमा ब्यापक विरोध भएको थियो ।

आशिया बिबी नामकी ती महिला पाकिस्तानमा असुरक्षित महसुस गर्दै हालैमात्र विदेशीएकी छिन् । पाकिस्तानमा उनको हत्या हुने सम्भावना अत्यधिक रहेको अनुमान गरिएको थियो ।