‘अमेरिका–इरान वार्ताको सम्भावना छैन’


लन्डन,(एजेन्सी)
इरानको विदेश मन्त्रालयका प्रवक्ताले इरानले अमेरिकासंग कुनै वार्ता हुने संभावना नै नदेखेको मंगलवार बताएका छन् । अघिल्लो दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमबारे समझोताको संभावना रहेको बताएका थिए ।

गत वर्ष वासिंगटनले सन् २०१५ मा तेहरानसंग गरेको अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अलगिएको थियो । टज्ञम्पले इरानले छ वटा शक्ति राष्ट्रसंग गरेको सम्झौता प्रति इमानदारिता नअपनाएको भन्दै सो कदम चालेका थिए ।

सो ऐतिहासिक समझौतामा अमेरिका , रसिया ,चीन , वेलायत , फ्रान्स र जर्मनीले हस्ताक्षर गरेका थिए । पछिललो समयमा अमेरिकाले इरानमाथि थप आर्थिक नाकावन्दि लगाइएपछि इरान र अमेरिकाबिचको तनाव निक ैचर्केके हो । सोमवार ट्रम्पले भनेका थिए, ‘ इरानले सम्झौता गर्न चाहेको कुरामा पक्का विशवास छ ।

यो इरानीहरुके निक ैराम्रो सोच हो। मेरो विचारमा समझौता हुने संभावना छ । तर इरानका विदेश मन्त्रालयका प्रवक्ता अब्बास मोसाभीले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरान र अमेरिकाबिच वार्ताको संभावना नरहेको बताएको अर्ध सरकारी फार्स समाचार निकायले जनाएको छ ।