एक भिडियोले गर्दा अस्ट्रियाको सरकार ढल्यो


भियना (एजेन्सी)
अष्ट्रियाको फ्रिडम पार्टीका नेताको एक रुसी युवतीसँगको भिडियो सार्वजनिक भएपछि त्यहाँको सरकार गिरेको छ । उक्त भिडियोका कारण शुरु भएका हंगामा रोक्ने नाम नलिएपछि बर्तमान सरकार ढलेको हो ।

यस कान्डले गर्दा अष्ट्रियाका चान्सलर सेबेस्टियन कुर्ज पदबाट हट्न बाध्य भएका छन् । संसदको विशेष सत्रमा बोलाइएको सत्रमा अविश्वास प्रस्तावमा कुर्जले समर्थन हासिल गर्न सकेनन् ।

उनका पुर्व सहयोगी फ्रिडन पार्टी पार्टी र विपक्षी दल सोसल डेमोक्र्याट्सले अविश्वास प्रस्तावको समर्थन गरेका थिए । अष्ट्रियाली राष्ट्रपति अलेक्ज्यान्डर वेन डेर बेलनले बर्तमान भ्वाइस चान्सलर हर्टविग लगरलाई अन्तरिम नेतामा नियक्तु गरेका छन् ।

जर्मनको सन्चार माध्यममा एक भिडियो सार्वजनिक भएकापछि यो विवाद सुरु भएको हो । यो भिडियो गोप्य तरिकाले सन् २०१७ मा स्पेनको इबिसा टापुमा रिकर्ड गरिएको थियो । यो सन् २०१७ मा देशमा भएको चुनाव अगाडीको भिडियो थियो ।

जर्मन मिडियामा प्रशारित उक्त भिडियो फुटेजमा फ्रिडम पार्टीका नेता र जर्मनीको बर्तमान सरकारमा भ्वाइस चान्सलर हेनिज क्रिश्चियन स्टार्के आफनै पार्टीका महत्वपुर्ण नेता जोहान्न गुडेनससँग वार्ता गरिरहेका थिए ।

यसभिडियोमा दुबै नेता एक रुसी महिलासँग बसिरहेको र मदिरा सेवन गरिरहेको देखिएका थिए । ती महिला एक रुसी ब्यवसायीकी भतिजी भएको बताइएको छ ।

भिडियोमा स्टार्केल ती महिलासँग अष्ट्रियाको समाचार पत्र कोरेनेन जिटुंगको ठुलो हिस्सा खरिद गरि फ्रिडम पार्टीको मद्दत गर्न अपिल गरिरहेका थिए । यो भिडियो कसले खिचेको हो भन्ने कुरा थाहा हुन सकेको छैन तर यो सार्वजनिक भएपछि केही घन्टापछि नै कुर्जले स्टार्केलाई हटाउने फैसला लिए । अन्तत स्टार्क आफनो पदबाट राजिनामा दिन बाध्य भए ।

त्यसपछि फ्रिडम पार्टीका अन्य मन्त्रीहरुले पनि राजिनामा दिए । त्यसपछि सरकार अल्पमतमा परेको हो । अष्ट्रियन पिपल्स पार्टीका प्रमुख सेवेस्टियन कुर्ज सन् २०१७ मा मात्र ३१ बर्पको उमेरमा अष्ट्रियाका चान्सलर बेनेका थिए । अविश्वासको प्रस्तावबाट गिरेको उनको यो सरकार अष्ट्रियाको इतिहासमा पहिलो हो ।

संसदमा विपक्षी दलले कुर्ज विरुद्ध र अको सरकार विरुद्ध ल्याएको दुबै प्रस्ताव पारीत भएको हो ।