छात्रामाथि छुरा प्रहार, दुईको मृत्यु

0
Shares

टोकयो,(एजेन्सी)
जापानको राजधानी टोक्यो नजिकको कावासाकी शहरमा बसको प्रतिक्षामा बसेका बिद्यालयका बालबालिकाको एक समुह माथि हातमा छुरा बोकेका एकजना पुरुषले मंगलवार आक्रमण गरेका छन् । आवासिय क्षेत्रमा भएको यस अप्रत्याशित आक्रमणमा कमितमा १८ व्यक्ति घाइते हुनाका साथै एकजना ११ वर्षिया बालिका र ३९ वर्षिय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

करिव पचास वर्षि यजस्तो देखिने ति व्यक्तिले आक्रमण पछि आफ्नै घाँटीमा छुरा प्रहार गरेका थिए । पछि उपचारको क्रममा उनको अस्पतालमा मृतयु भएको स्थानिय संचार माध्यमले पुष्टि गरेको छ ।

जापानमा हिँसात्मक घटनाहरु कमै मात्रामा हुने गरेका छन् । ति आक्रमणकारीको उद्देश्य भने स्पष्ट हुन सकेको छैन । १६ जना छात्राहरुको समुहलाई ति व्यक्तिले दुवैहातमा छुरा बोकेर आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रहरीले छ कक्षाकी हानाको कुरीवायसी र अर्की छात्राका अभिभावक तथा जापानको विदेश मन्त्रालयमा कार्यरत कर्मचारी सातोसी ओयामाको यस घटनामा जायन गएको जनाएको छ । आक्रमणकारी परिचय भने खुलाइएको छैन । जापानी प्रधानमन्त्री सिन्जो आवेले यस घटनाको निन्दा गर्दै क्षेभ प्कट गरेका छन् । आवेले मृतक र तिनीहरुका परिवार समक्ष हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको यथाशिघ्र स्वास्थलाभको कामना पनि गरेका छन् ।

ति पिडितहरु निजी क्याथोलिक क्यारितास प्राथमिक बिद्यालयका छात्रा भएको बताइएको छ । क्यारितासका बस ड्राइभरले आफुले बस चढ्न लामा लागेका छात्राहरु सामु आएर एक व्यक्तिले छुरा प्रहार गरेको र केहि छिनपछि बसमा प्वेश गरेर त्यहाँ रहेका छात्राहरुलाई पनि आक्रमण गरेको एनएचकेलाई जानकारी गराएका छन् ।

त्यसैगरी सरकारी समाचार निकाय क्यादोले उनले ‘ म तिमीहरुलाई मार्छुँ ’ भनेर चिच्याउादै आक्रमण गरेको जनाएको छ । चीनमा पनि यस्ता घटनाहरु वारम्वार दोहरिरहेको छ । जापान भ्रमणको अन्तिमा दिनमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मृतक प्रति समवेदना र यस घटना प्रति गहिरो दुख प्रकट गरेका छन् । सन् २००१ मा पनि ओसाका स्थित एउटा प्राथमिक बिद्यालयमा प्रवेश गरी एकजना पुरुषले छुरा प्रहार गरी आठ जना बिद्यार्थीको हत्या गरेका थिए ।