अस्ट्रेलिया पाँचौं पटक च्याम्पियन


लन्डन, (एजेन्सी)
विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाँच पटक उपाधि जितेर नयाँ कीर्तिमान राखेको छ । २०१५ को विश्वकप क्रिकेट अस्टे«लिया र न्युजिल्यान्डले संयुक्तरुपमा आयोजना गरेका थिए । १४ टोलीले सहभागिता जनाएको सो प्रतियोगिताको फाइनलमा आयोजक दुबै टोली पुगेका थिए ।

जसमा अस्टे«लिया सातौं पटक फाइनलमा पुग्दा न्युजिल्यान्डको पहिलो फाइनल थियो । फाइनल खेल अस्टे«लियाले ७ विकेटले जित्दै विश्वकप उपाधिमाथि पाँचौं पटक आधिपत्य जमायो । साथै भारतपछि आफ्नै मैदानमा विश्वकप जित्ने अस्टे«लिया दोस्रो टोली बन्यो ।

प्रतियोगितामा के के भयो ?
—इंग्ल्यान्डका स्टेभेन फिनले अन्तिम ३ बलमा ह्याट्रिक गरेपनि इंग्ल्यान्डले अस्ट्रेलियालाई हराउन सकेन ।

—अम्पायरको गल्तीले इंग्ल्यान्डका जेम्स टेलर विश्वकपमा मेडन शतक बनाउनबाट वंचित भएका थिए ।

—भारतले पाकिस्तानलाई ६ वटा विश्वकपमा हराएको । पाकिस्तानले ५० ओभरको विश्वकपमा अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।

—न्युजिल्यान्डका टीम साउथीले इंग्ल्यान्डविरुद्ध ३३ रन खर्चेर ७ विकेट लिएको । यो ओडीआईमा एक उत्कृष्ट बलिङ स्पेल हो र यो विश्वकपमा तेस्रो उत्कृष्ट बलिङ हो ।

—न्युजिल्यान्डका ब्रेन्डन म्याककुलुमले विश्वकपमा १८ बलमा अर्धशतक पुरा गरेको ।

—दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले वेस्ट इन्डिजविरुद्ध ६६ बलमै १ सय ६२ रन बनाएको ।

—श्रीलंकाका कुमार सांगकारा एउटै विश्वकपमा लगातार चार शतक प्रहार गर्ने पहिलो ब्याटसम्यान बने ।