नेयमारको कप्तानी छिनियो


साओ पाउलो, (एजेन्सी)
ब्राजिल फुटबल संघले नेयमारलाई ब्राजिलको कप्तानीबाट हटाइएको छ । आगामी महिना हुने कोपा अमेरिकाको लागि नेयमारको स्थानमा डानी आल्भेसलाई नियुक्त गर्ने पनि जनाइएको छ । कोपा अमेरिका प्रतियोगिता भने जुन १४ देखि जुलाई ७ सम्म ब्राजिलमै आयोजना हुँदैछ । ब्राजिल परेको समूह ए मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । साथै ३६ वर्षीय आल्भेसले कतार र होन्डुरसविरुद्ध हुने मैत्री खेलका लागि कप्तानी गर्नेछन् ।

हालैको अनुशासनको विषय लिएर २७ वर्षीय नेयमारलाई हटाउने निर्णयमा पुगेको टिम मेनेजर टिटेले सुचित गरेका थिए । नेयमार ब्राजिलका लागि चार पटक कप्तानी बनेका थिए । जसमा मार्च २०१८ मा भएको जर्मनीविरुद्धको १–० जितको खेल पनि समावेश थियो । यसै महिना फ्रेन्च फुटबल अधिकारीले नेयमारलाई ३ खेलमा निलम्बन गरेको थियो ।

कोप डी फ्रान्स फाइनलको दौरान उनको टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) हार्दा उनले एक समर्थकलाई हिर्काएका थिए । फ्रान्सले जनाएअनुसार उनले पीएसजीका साथी खेलाडीसँग पनि डे«सिङ रुममा अभद्र व्यवहार गरेको पाइएकोे थियो ।