आज १२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस


दीपेन्द्र थापा, काठमाडौं
६६ वर्ष अगाडि अर्थात सन् १९५३ मे २९ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली नागरिक तेन्जिङ नार्गे शेर्पा र न्यूजील्यान्डका नागरिक सर एडमन्ड हिलारीले पाइला टेक्न सफल भएका थिए ।

मे २९ तारिखलाई नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउ“दै आएको छ । सन् १९५३ देखि हालसम्मको पर्यटन विभागको तथ्यांक हेर्दा करिब ६ हजारभन्दा बढी आरोहीले सगरमाथाको शिखरमा चुम्न सफल भएका छन् । सन् १९५३ देखि २०१६ सम्म ५ हजार ३ सय र सन् २०१८ मा ४ सय ४० जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।

सन् २०१९ मा भने ३ सय ८१ जनाले आरोहण अनुमति लिएको र आरोहणको हालसम्म एकिन तथ्यांक आउने क्रममा रहेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले बताउनुभयो । उहा“का अनुसार सहयोगी शेर्पासहित ६ सयभन्दा बढीले आरोहण गरेको हुन सक्ने आचार्यको अनुमान छ ।

मे २९ तारिख दिन सगरमाथाको चुचुरोमा चुम्न सफल दिनको स्मरण गर्दै १२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड््डययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको संयोजत्वमा मुल ओयोजक समारोह समिति गठन गरिएको छ । सो समारोहमा सगरमाथाको प्रवद्र्धन गर्न र चुचुरोमा चुम्न सफल दिनको स्मरण गर्दै आरोहीलाई सम्मान गरि“दै छ ।

नेपाल पर्यटन विभागको तथ्यांकअनुसार पहिलो महिला आरोही जापानी नागरिक जुनको ताबाईले सन् १९७५ मे १६ मा सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । विभागको तथ्यांकअनुसार सन् १९७५ देखि सन् २०१६ सम्म ३ सय २३ जना महिलाले आरोहण गरेका छन् । प्रथम नेपाली महिला भने पासाङल्हामु शेर्पा हुन् । पुरुषको संख्यामा भने सन् १९५३ देखि २०१८ सम्म ५ हजार बढीले शिखर चुम्न सफल भएका छन् । सबैभन्दा बढी आरोहण गर्नेमा अमेरिकी नागरिकले रहेका छन् ।

हालसम्मकै धेरै अर्थात २४औं पटक जारी सिजनमा सफल आरोहण गर्नेमा पुरुषतर्फ कामीरिता शेर्पा र महिलातर्फ लाप्पा शेर्पाले गत वर्ष ९ पटक सगरमाथाको गरेर विश्व कीर्तिमान कायम गरेका छन्

नेपाल पर्वताआरोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आरोहीले ८ हजारभन्दा बढी पटकसम्म सगरमाथाको चुचुरोमा पाइला टेकिसकेको र यो क्रम प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ । शेर्पाका अनुसार ६५ वर्षको यो अवधिमा सगरमाथा आरोहणकै क्रममा मृत्युवरण गर्नेको संख्या भने ३ सयभन्दा बढीले रहेको बताउनुभयो । पर्वातरोहण संघका सन्तवीर लामाका अनुसार हिमाल आरोहणको प्रत्येक वर्ष संख्या थपिने क्रममा रहेको बताउनुभयो ।

विगत वर्षमा भन्दा सगरमाथा आरोहण गर्नक्रममा आरोहण गर्नक्रममा मृत्यु हुनेको संख्या कम हु“दै गएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताउनुभयो ।

विगत वर्षमा मृत्यु हुनेको संख्या बढिरहेको भए पनि केही वर्षबाट आरोहण गर्न आरोहीलाई विभागले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेका कारण कम ह“ुदै गएको भट्टराईको भनाइ रहेको छ । गत वर्ष ५ जना विदेशी मृत्यु भएको थियो । जारी सिजनमा सगरमाथासहित अन्य हिमालसहित मृत्युवरण गरेका र हराएका करिब १६ आरोही रहेको आचार्यको भनाइ छ ।