चितुवाको छाला सहित पक्राउ


काठमाडौं, काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट चितुवाको छाला १ थान सहित अछाम चौरपाटी गाँउपालिका-४ पायल बस्ने २१ वर्षीय उमेश शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा वन्यजन्तु चितुवाको छालाको कारोवार हुँदैछ भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले शाहलाई उक्त छाला बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।