कस्तो बेला आवश्यक हुन्छ सेक्स थेरापी ?



काठमाडाैं । नेपालसहित केही पूर्वी मुलुकमा सेक्स शब्दलाई अश्लील मान्ने गरिन्छ । तर, पश्चिमा मुलुकहरुमा भने सेक्स थेरापीको ठुलो महत्व छ । एभरी डे डट कम नामक वेभसाइटले सेक्स थेरापीकाबारेमा सात तथ्य उल्लेख गरेको छ।

एकप्रकारको परामर्श
सेक्स थेरापी पनि त्यस्तै काउन्सिलिंग हो, जस्तो अन्य आम काउन्सिलिंग हुन्छ । बेटर सेक्स गाइड टु अर्डिनरी लभ मेकिंग पुस्तकका लेखक यभोनको । फलुब्राइट भन्छन्–सेक्स र रिलेशनसीपको कठिनाइ सुम्झाउनका लागि मनोवैज्ञानिक तरिकाले तालिम प्राप्त व्यक्तिले नै सेक्स थेरापी गर्दछ ।

यौन मनोविज्ञान
यदि तपाई कुनै प्रकारको यौन समस्यामा हुनुहुन्छ भने यसका पछाडि मानसिक कारण हुन सक्दछ । थेरापीको माध्यमबाट त्यो समस्याको जडमै पुगेर त्यसको समाधान गरिन्छ ।

गृहकार्य आवश्यक
डा. मोंटागका अनुसार थेरापिस्टले तपाईलाई घरमा आएर गर्नका लागि केही गृहकार्य दिन सक्छन् । यो केही टिप्स हुन्छ जुन समस्या समाधानमा सहयोगी हुन्छ ।

पार्टनरसँग
डा. फुलब्राइटका अनुसार सेक्स थेरापीका क्रममा पार्टनरलाई साथ लैजानुपर्छ या पर्दैन त्यसको निर्णय समस्याको आधारमा हुने गर्दछ । हरेक पटक पार्टनरलाई साथमा लैजानु आवश्यक हुँदैन ।

कपडा खोलिँदैन
सेक्स थेरापीका क्रममा कपडा खोलिँदैन । अर्थात शारीरिक रुपमा केही पनि हुँदैन । यो मात्र कुराकानीमा आधारित थेरापी हो । यहाँसम्म कि यदि थेरापिस्टले त्यसो गर्न भनेको खण्डमा तपाई घर फर्किए हुन्छ ।

थेरापिस्टको चयन
हरेक थेरापिस्ट हरेक समस्या सुल्झाउन सक्षम हुँदैनन् । फ्यामिली थेरापी, सोशल वर्कर, थियाँलजी र साइकोलजी पढेकाहरु पनि थेरापिस्ट बन्दछन् । तर यो सही होइन, सेक्स थेरापिस्ट अलग विधा हो ।

सबैका लागि होइन
सेक्स थेरापी सबैका लागि होयन, मानसिक समस्याहरुको उपचार त मनोवैज्ञानिक अर्थात साइकोलजिस्ट वा साइकोथेरापिस्टले पनि गर्न सक्दछन् । हरेक समस्याका लागि सेक्स थेरापिस्ट आवश्यक पर्दैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्