म्यानमारका सात सैनिकलाई कैद मिनाह


याँगुन,(एजेन्सी)
दसजना रोहिँग्या मुश्लिम वयष्क पुरुष र बालकहरुको हत्या गरेको अभियोगमा थुनिएका सातजना सैनिकलाई सोमवार सम्पूर्ण कैद भुक्तान नहुँदै रिहा गरेको छ ।

कारगार अधिकारीहरुले तिनीहरुलाई सन् २०१८ मा एन दिन गाउँमा सो आम हत्याकाण्डमा संलग्न रहेको अभियोगमा जनही दस वार्ष लामो कैद तोकिएको पनि जनाकारी दिएका छन् ।

अवैध ढंगले अल्मत मुश्लिम समुदाय रोहिँग्याका सदस्यहरु मारेको घटनालाई पहिलो पटक सार्वजनिक गरेका अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्स ले भने तिनीहरुलाई गत नोभेम्वरमै कारगार मुक्त गरिएको बताएको छ ।

सन् २०१७ म्यान्मारको पश्चिमी रखाइन राज्यमा सरकारी फौजबाट भएको व्यापक दमनको क्रममा तिनीहरुलाई कारवाही गरिएको थियो । यसरी हत्या , आगजनी र वलात्कार जस्ता चरम यातना दिइन थालेपछि त्यसबेला सात लाख भन्दा बडि रोहिँग्या भागेर छिमेकी मुलुक बंगलादेशमा शरण लिन पुगेका थिए ।

रोयटर्सका दुईजना पत्ररकारलाई पनि म्यान्मार सरकारले रोहिँग्या माथि भएके दमनबारे समचार संकलन गरेको अभियोमा गिरफतार गरेको थियो । यस दमनको अमेरिका लगायत संयुक्त राष्ट्र संघले म्यान्मारको प्रजातनत्रवादी नेतृ आाग सान सुकीको व्यापक आलोचना गरेका थिए ।