सिख धर्म अध्ययन गर्ने सजाय !


न्युयोर्क (एजेन्सी)
अमेरिकामा एक न्यायधिषले घृणा अपराधका दोषीलाई तीन बर्ष जेल सजायँ सुनाएको छ साथै उनलाई सिख धर्मको अध्ययन गरी त्यसमा एक प्रतिवेदन पेश गर्न पनि फैसलामा उल्लेख गरिएको छ । त्यसका लागि उनलाई स्थानिय गुरुद्वाराको बार्षिक संगतमा भाग लिन आदेश दिइएको छ । २५ बर्ष अगाडी एन्डु रामसेले सिख ब्यापारी हरविन्दर सिंह डोडलाई नराम्रोसँग पिटेको र धम्कि दिएका थिए ।

अमेरिकामा सिखको अधिकारका लागि आवाज उठाउने सबैभन्दा ठुलो संगठन सिख कोअलिसनका अनुसार हरविन्दरले ओरेगन राज्यमा पसल राखेका छन् । गत जनवरी १४ मा रामसेले उनीसँग चुरोट मागेका थिए । हरबिन्दरले कानुन अनुसार परीचय पत्र देखाउन भनेको थिए । रामसेसँग परिचय पत्र थिएन, त्यसैले चुरोट दिन अस्विकार गरेका थिए ।

रामसेले हरविन्दरलाई उनको धर्मका कारण पिटेको, पगडी फुकालिदिएको र दाढी तानेको, थुकेको र धम्की दिएका थिए । ओरेगन कानुन अनुसार मोरिअन काउन्टीका न्यायधिष लिन्डसे पार्टीड्जले रामसेलाई घृणित अपराधमा दोषी ठहर्याएको हो ।