प्रशासनलाई छक्याउँदै विप्लव समुहले गर्यो मसाल प्रदर्शन


मोतीराम तिमल्सिना, काभ्रे ।

सरकारले अपराधिक कृयाकलापमा पुर्णत रोक लगाएपछि नेकपा माओवादी विप्लव समुहले पहिलो पटक बनेपाको ब्यस्त बजारमा प्रशासनलाई छक्याउँदै मसाल प्रदर्शन गरेको छ ।

‘आईतबार राति ९ बजे बनेपाको तरकारी बजार देखि अरनिको राजमार्ग हुँदै चारदोबाटोमा पुगेर मसला प्रर्दशन सकियो’–विप्लब समुहका एक नेताले भने–‘हामि निरन्तर गतिविधिमै सक्रिय छौं, प्रशासनको अवरोधले हामीलाई छेक्दैन ।’

मसाल प्रदर्शनमा बन्द सफल पार्न आब्हान गरिएको भिडियो समेत सार्वजनिक गरिएको छ । विप्लब समुहले मसाल प्रर्दशनसँगै संचारमाध्यममा तस्विर र भिडियो सार्वजनिक गरेका छन् ।

विप्लब समुहले नेता कार्यकर्ता पक्राउ परे पनि भित्रभित्रै संगठन बनाउने अभियान तिब्र बनाएको छ । चन्दा र संगठन सँगसँगै लगिएको छ ।

जिल्ला संगठन अन्र्तगत रहेर विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरु निर्माण भएका छन् भने दलित, महिला, जनजाति, तामाङ मोर्चाहरु पनि कृयाशिल बनाईएको छ । प्रशासन गतिविधि शुन्य भएको भ्रममा छ । राष्ट्रिय अनुसन्धानको टोलीले समेत विप्लवका गतिविधिहरुलाई नियाल्न सकिरहेको छैन ।

बन्दको अवधीमा शैक्षिक संस्था पुर्णत बन्द भए भने लामो दुरीका बसहरु संचालनमा आएनन् । बन्द सफल बनाउन विप्लब समुहले जिल्ला केहि स्थानमा विस्फोटक पदार्थ पड्काएका थिए ।

नेकपा ‘विप्लव’ माओवादीका स्थायी समिति सदस्य एवं मध्यक्षेत्रिय कमाण्डर हेमन्तप्रकाश ओलीसहित पक्राउ परेका नेता कार्यकर्तालाई चार मुद्दामा गरिएको अनुसन्धानमा केन्द्रीय सदस्य रहेका रुपन्देही सैनामैना घर भएका वसन्त श्रेष्ठलाई ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएसगै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी पुनः अनुसन्धान शुरु गरेको छ ।

काभ्रेमा २०७५ बैशाख १ गते नमोबुद्ध नगरपालिकामा रहेको नेपाली कांग्रेसका नेता कुन्साङ्ग लामाका क्रसरमा आगजनी गरेका थिए । सोहि अभियोगमा पटक पटक विभिन्न तहका नेताहरु पक्राउ पर्दै छुट्दै गरेका छन् ।

प्रहरीका अनुसार ओलीसहितका नेताहरूलाई संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार तथा खरखजाना र बम बिस्फोटको मुद्दामा अनुसन्धान थालिएको थियो । बसन्त बाहेक सबै नेताहरुलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राखी थप अनुसन्धान गर्न आदेश दिएको छ ।

मुद्दा चलाइएकाहरूमा केन्द्रीय सदस्य रहेका रुपन्देहीका वसन्त श्रेष्ठ, सुर्खेत घर भई रौतहट जिल्ला इञ्चार्ज शंकर अधिकारी, ललितपुर जिल्ला कमिटी सदस्य बुद्धबहादुर सिन्ताङ, साधारण सदस्य सिन्धुपाल्चोकका रामकृष्ण खतिवडा, बाराका देवराज घिमिरे, नुवाकोटका सन्दीप कार्की, रुकुमका लोकेन्द्र खड्का र चालक धर्मराज राजबाहक छन् ।

त्यतिबेला बा १७ च ४८९३ नम्बरको स्कर्पियोका चालक राजबाहकलाई पनि प्रहरीले मुद्दा चलाएको थियो । विप्लव नेता कार्यकर्ताले राजबाहकले चलाउँदै आएको स्कर्पियो भाडामा लिएका थिए । ओलीले नख्खु बिस्फोटको जिम्मा समेत लिएका कारण कर्तव्य ज्यान मुद्दा चलाईएको थियो । प्रहरीका अनुसार ओलीसँगै पक्राउ परेकाहरु बम बिस्फोट घटनामा संलग्न छन् ।