सहयोगी परिचालन गरी घुस लिने नापी सर्वेक्षक यादव पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।
नापी कार्यालय लगनखेल ललितपुरमा कार्यरत नापी सर्वेक्षक उपेन्द्र प्रसाद यादव घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ३० हजार घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

आयोगको टोलीले घुस रकम लिन यादबले प्रयोग गरेका कार्यालय सहयोगी राजन विष्टलाई समेत नियन्त्रणमा लिएको आयोगका सहसचिब प्रदीपकुमार कोइरालाले बताउनुभयोे ।

जग्गा नापजाँच गर्ने काममा आलटाल गरी रेखाङ्कन गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा घुस रकम सहित पक्राउ गरिएको आयोगले दाबी गरेको छ ।

उनीहरु दुबैलाई कार्यालय परिषरबाटै पक्राउ गरिएको आयोगले जनाएको छ ।