पोखराका गल्ली गल्लीमा शक्तिशाली बम, डिस्पोज गर्नै कठिन


पोखरा । पोखराको सिर्जना चोकस्थित एनसेल कार्यालयअघि राखिएको प्रेसर कुकर बम नेपाली सेना डिस्पोज गरेको छ। सोमबार बिहान सेनाको टोलीले बम डिस्पोज गर्दा एनसेल कार्यालयको सिसा फुटेका छन्।

बम शक्तिशाली रहेको र डिस्पोज गर्दा एनसेल कार्यालयमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार न्यूरोडको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमीको गेटमा रहेको बम पनि नेपाली सेनाको टोलीले डिस्पोज गर्दैछ।

अन्नपूर्ण गाउँपालिकाको नौडाडामा पनि शंकास्पद वस्तु भेटिएको प्ररीले बताएको छ ।

आइतबार साँझ भेटिएको उक्त शंकास्पद वस्तुलाई प्रहरीले रातभर सुरक्षा दिएका थिए । बिहान उज्यालो भइसकेपछि मात्रै उक्त वस्तु डिस्पोज गरिएको थियो ।

कास्कीमा यसबाहेक अन्य विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । पोखरामा मात्रै सिर्जनाचोक, आइडियाल कलेज गेटमा सोमबार बिहानै शंकास्पद वस्तु फेला परेका थिए ।

महानगरबाहेक पोखरा आसपासका क्षेत्रमा पनि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ ।