महासचिव पौडेललाई बुटवलमा भ्रष्टाचारीको संज्ञा, जताततै पर्चा वितरण


नेपाल समाचारपत्र, बुटवल ।
नेपाली काँगे्रसका रुपन्देहीका स्थानीय नेताहरुले नेकपाका महासचिव बिष्णु पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा सोमवार पर्चापम्प्लेट छरेका छन ।

सोमवार बिहान बुटवलमण्डपमा अन्तरराष्टिय प्रदर्शनी केन्द्रको शिलान्यासका लागि आउँदै गर्नु भएका नेकपा महासचिव पौडेललाई नेपाली काँग्रेस बुटवलनगर सभापति खेलराज पाण्डे, नेपाल तरुण दलका पूर्व केन्द्रिय सचिव चिरञ्जिवी जोशी, काँग्रेसको प्रशिक्षण बिभागका सदस्य मदन कट्टेल लगायतले पर्चापम्प्लेट छरेको बताउनु भयो ।

काँग्रेस बुटवल सभापति पाण्डेले आफनो नेतृत्वमा ३ सय पर्चा बुटवलमण्डपमा छरेको बताउनु भयो ।