विप्लप समूहको तार्गेट काठमाडौंः गृहमन्त्री बादल


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल समाचारपत्र, काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द विप्लव समूहको मुख्य निशाना काठमाडौँ उपत्यका भएको बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री थापाले विप्लवको नेतृत्वको पार्टीले काठमाडौँलाई केन्द्रमा राखेर विस्फोटका घटनाहरु घटाएको बताए।

‘विप्लवका मूल निशाना अहिले उपत्यका बनेको छ। त्यसैअनुसार हिजो मात्रै उपत्यकामा ठाउँठाउँमा विष्फोटनहरु भए’, उनले भने, ‘विष्फोटनमा परेर चार जनाको मृत्यु भएको र आधा दर्जनभन्दा बढी घाइते भएको उनले सदनमा जानकारी गराए।’

उनले आईतबार काठमाडौंको विभिन्न ठाउँमा भएको बिस्फोटको स्मरण गराउँदै यसमा कुनै नागरिकको मृत्यु नभएको बताए । उनले विप्लव समूहसँग सम्वद्ध कार्यकर्ताहरुको मृत्यु भएको बताएका छन् ।

नेकपाको हिंसात्मक गतिविधि नौलो नभइ पुरानैको निरन्तरता भएको र नेकपा विप्लहका गतिविधि संविधान र राज्यविरोधी भएको दावी समेत गरे । उनले भने, ‘ अहिले विप्लव समूहले जनसेनाका चार वटा कम्पनी बनाएको छ ।

जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन्, जनसेनाका रुपमा चार कम्पनी स्थापना गरेका छन्। यो सञ्चालन गर्न नेकपा नामका पार्टी पनि गठन गरेका छन्,’