सिन्धुलीको दुधौलीमा भेटिएको शंकास्पद बस्तु सेनाद्धारा निस्कृय


बुद्ध नेपाली, सिन्धुली । धराच–चतरा– सिन्धुली– हेटौडा (मदन भण्डारी)राजमा अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका –८ स्थित खोरभन्ञ्याङमा सोमबार बिहान भेटिएको शंकास्पद बस्तु नक्कली बम भएको पुष्टी भएको छ ।

सिन्धुली दुधौली स्थित खोरभन्ञ्याङमा सकेट बम जस्तो देखिने शंकास्पद बस्तु नक्कली ‘होक्स’ भएको पुष्टि भएको जिल्ल प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

दुईवटा सकेटबम जस्ता देखिने शंकास्पद बस्तुमा रातो कालो तार जोडिएको र बन्द सफल पारौं जस्ता लेखीएका पर्चा पनि भेटिएपछि प्रहरीले बम भएको आशंका गरेको थियो ।

उक्त शंकास्पद बस्तु उदयपुर स्थित बेलसोत बाट आएका नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा नक्कली बम भएको पुष्टि भएको सिंहले बताउनुभयो ।

सोमबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्दको आह्वान गरेको छ । शंकास्पद बस्तु भेटिएपछि स्थानीयमा त्रास छाएको थियो ।

बन्दको दिन जिल्ला सदरमुकाम माढीबजार तथा वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा आंसिक प्रभाव परेको छ ।
बन्दले जिल्लावासीको जनजीवन प्रभावित भए पनि अहिले सम्म अप्रिय घटना भने भएको छैन ।