काभ्रेमा बम विस्फोट


काभ्रेपलाञ्चोक । काभ्रेका दुई स्थानमा बम विस्फोट भएको छ । सोमबार बिहान बनेपा नगरपालिकाको धनेश्वर जाने पुल नजिकै फोहोर भएको ठाउँ र पाँचखाल नगरपालिका– ६ तिनपिप्लेमा बम विस्फोट भएको हो ।

धनेश्वरमा फोहोरको थुप्रोमा बम विस्फोट भएकाले कुनै क्षति पुगेको छैन भने तिनपिप्लेमा भएको विस्फोटमा अरनिको राजमार्ग सडकमा थोरै क्षति पुगेको छ । बम विस्फोटबारे प्रहरीले भने केही जानकारी दिएको छैन ।

विप्लव नेकपा कार्यकर्ताले आइतबार साँझ बनेपामा मसाल जुलुससमेत निकालेको थियो ।