करेन्ट लागेर एकको मृत्यु


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसीकोट १३,छिबाङ्गमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका १० घर भएका ११ बर्षिय केशव परियारको बिजुलीको पोलबाट जमिनमा गाडिएको अर्थिङमा आएको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

छिबाङ्गमा फूपूको घर आएका परियार घर नजिकै खेल्दा बिजुलीको अर्थिङ छुन पुगेपछि केरेन्ट लागेर घटनास्थालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले जानकारी दिनुभयो । प्रहरी निरिक्षक क्षेत्रीका अनुसार बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।