अर्घाखाँची, बैतडी र चितवनका शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय


काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेसी र शिक्षा क्याम्पस वेलवाटिमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ।

यस्तै, बैतडीको दोगडाकेदारमा फेला परेका दुईओटा बम निष्कृय पारिएको छ। दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविनजिकै महाकाली राजमार्गमा रहेका आइडी बम नेपाली सेनाको हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो।

हनुमानध्वज गुल्मको क्याप्टेन देवेन्द्र बस्नेत नेतृत्वको सेनाको टोलीले एक घण्टा लगाएर निष्कृया पारिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए। यस्तै चितवनको कृषि तथा वन विज्ञान विश्‍वविद्यालय अगाडिको सडकमा कुकर देखिएपछि नेपाली सेनाको टिमले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

शंकास्पद वस्तु कुकर बम भएको सेनाको डिस्पोजल टोलीले पुष्टि गरेको छ।