नयाँ बसपार्कमा हिजो साँझ राखेको बम बल्ल भेटियो !


काठमाडौँ, काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ । बम देखिएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले प्रहरीले सो स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान गरेको छ ।

प्रहरीका अनुसार उक्त स्थानमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा बम हिजो साँझ नै राखिएको देखिएको छ।बम डिस्पोज गर्नका लागि सेनाको टोली पनि लोत्से भवनमा पुगिसकेको छ।