मोदीको सपथ बिहीबार


एजेन्सी । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो बिहीबार राष्ट्रपति भवनमा दोस्रो कार्यकालको लागि शपथ लिने कार्यक्रम तयार भएको छ ।

उक्त दिन राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा साँझ ७ बजे उनले शपथ लिने भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आइतबार साँझ ट्विटमार्फत जानकारी गराउनुभएको छ ।

भारतका प्रधानमन्त्री मोदीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सरकार प्रमुखलाई आफ्नो पहिलो कार्यकालमा शपथग्रहण समारोहमा बोलाएकोमा अहिले भने त्यसबारेमा औपचारिक जानकारी गराइएको छैन ।