ललितपुरको टुटेपानीमा बम भेटियो


नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुरस्थित टुटेपानीमा बम फेला परेको छ । स्थानीय बासीन्दाले शंकास्पद बस्तु भेटेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । बम डिस्पोज गर्न प्रहरीको बम डिस्पोजल टोली आउँदै गरेको नेपाल समाचारपत्रकर्मी उज्जोल डंगोलले जानकारी दिनुभयो ।

विप्लव समुहका कार्यकर्ताले आज आह्वान गरेको बन्दका दिन देशभर ठाउँठाउँमा बम भेटिएको छ । हालसम्म बम विस्फोट भई ४ जनाको मृत्यु भइसकेको छ भने आधा दर्जन भन्दा बढि घाईते भएको प्रहरीले जनाएको छ ।