परमाणु कार्यक्रममा जनमत संग्रह गर्ने रुहानीको प्रस्ताव


तेहरान (एजेन्सी)
विश्व शक्तिहरुसँगको सम्झौता असफल हुनु र अमेरिकासँगको बढ्दो तनावका बीच इरानका राष्ट्रपत िहसन रुहानीले उनको देश परमाणु कार्यक्रममा एक जनमत संग्रह गराउन सक्ने बताएका छन् ।

राष्ट्रपति रुहानीले इरानको प्रमुख सन्चार प्रतिष्ठानका सम्पादकहरुसँगको बैठकमा उक्त प्रस्ताव अगाडी सारेको सरकारी समाचार एजेन्सी इर्नाले जनाएको छ । गत हप्ता मात्रै देशका सर्वोच्च धार्मिक नेताले रुहानीको सार्वजनिक रुपमा आलोचना गरेको थियो ।

आफुले सर्वोच्च नेता आयातुल्ला अली खोमेनीलाई आफु परमाणु कार्यक्रमका वरिष्ठ वार्ताकार छँदा सन् २००४ मा नै जनमत संग्रहको सल्लाह दिएको रुहानीले बताए । त्यतिबेला सर्वोच्च नेताले जनमतको विचारलाई स्विकृति दिएको तर त्यसतो हुन नपाएको रुहानीलाई उदृत गर्दै सन्चार माध्यभहरुले जनाएकोछ । यस प्रकारको मतदान कुनै पनि समय एक समाधान हुन सक्छ ।

इरानी विदेशमन्त्री इराक भंमणमा
इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफ इराक भ्रमणमा रहँदा इराकी नेताहरुले युद्धको खतरालाई लिएर चेतावनी दिएको छ ।

इरान र अमेरिकाबीच तनाव बढिरहेको र अमेरिका द्वारा मध्यपुर्व एसियामा करिब १ हजार ५ सय अतिरिक्त सैन्यबल तैनाथ गर्ने फैसला आएपछि जरिफको इराक यात्रा भएको हो । अमेरिका र इरान दुबैको इराक सहयोगी देश हो ।

इराकका प्रधानमन्त्री अब्दुल महदीको कार्यालय अनुसार शनिबार राती जरिफसँगको भेटमा महदीले युद्धको खतरा रहेको चेतावनी दिएको छ ।
इरानले विश्वसक्तीहरुसँग सन् २०१५ मा भएको सम्झौताको उल्लेख गर्दै यस क्षेत्रमा स्थायित्व र उक्त परमाणु सम्झौतालाई कायम राख्नु पर्नेमा जरिपले जोड दिएको कार्यालयले जनाएको छ ।

इराकका राष्ट्रपति बरहमान सालेहले जरिपलसँग सम्पुर्ण युद्ध रोक्न र स्थिति विग्रनबाट रोक्ने विषयमा चर्चा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । शनिबार जरिपले अतिरिक्त अमेरिकी सैन्यबल तैनाथ अन्तराष्ट्रिय शान्ति तथा सुरक्षाका लागि अत्यन्त खतरनाक भएको बताए ।

यसबीच इरान र अमेरिकाबीचको बढ्दो तनाव कम गर्न मध्यस्थताको भुमिका निर्वाह गर्न आफु तयार रहेको इराकले जनाएको छ ।