पपुवान्युगिनीका प्रमद्वारा राजीनामा


पोर्ट मोरेस्वी,(एजेनसी)
पपुवा न्यु गिनीका प्रधानमन्त्री पिटर ओ नेलले आफ्नो सरकार विपक्षी राजनीतिक समुहसंग धमाधम पराजित हुन थालेपछि आइतवार पदबाट राजिनामा दिएको स्थानिय सरकारी अधिकारीहरुले बताएका छन् ।

विगत सात वर्ष देखि प्रधानमन्त्रीको हैसियतले काम गर्दै आएका ओ नेलमाथि हुन त केहि साता यता विभिन्न विषयलाई लिएर राजिनामाका लागि दवाव परेको थियो । शुत्रवार पनि थप थुप्रै स्थानमा चुनावी पराजयका खवर आएपछि उनले अब आफुलाई सरकारमा टिकिरहन समर्थन नरहेको तथ्या स्विकार गरेका थिए ।

५४ वर्षिय ओ नेलले आफुले आफ्ना ेकार्यभार पुर्व प्रधानमन्त्री सर जुलियस चानलाई सुम्पने बताएका छन् । पपुवा न्यु गिनी ( पिएनजी ) प्रशारणकर्ता इएमटिभिका अनुसार ओ नेलले राजधानी पोर्ट मोरेस्वीमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् , ‘ हामीले केहि हदसम्म भएपनि स्थिरता कायम राख्नु महत्वपुर्ण छ । हामील ेजनताको माग र आब्हान सुनेका छौं र हामीले सरकार परिवर्तनका लागि सहमति जनाएका छौं । ’

सर जुलियसले पत्रकारहरुलाई बताएका छन् , ‘ ७३ लाख जनसंख्या भएको दक्षिण प्रशान्त मुलुक पपुवा न्यु गिनीमा स्थिरता कायम राख्नका लागि ओ नेलले सहज ढंगले सत्ता हस्तान्तरण गर्न चाहेका हुन् । म राष्ट्रलाई आजको यस स्थिति सम्म पु¥याउन महत्वपूर्ण योगदान दिने प्रधानमन्त्री पिटर ओ नेललाई व्यक्तिगत तवरबाट धन्यावाद दिन चाहन्छुं । हामी मात्र काम चलाउ सरकारको रुपमा रहन्नौं , हामीले काम गरेरै देखाउने छौं । हामी यो मुलुकलाई अघि बढाउने छौं । ’

तर विपक्षी राजनीतिक समुहले भने आफुलाई नयाँ सरकार बनाउनका लागि थुप्रै विधायकहरुको समर्थन रहेको दावी गरेको छ । यता छिमेकी राष्ट्र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोर्रिसनले आफु सर जुलियससंग काम गर्न इच्छुक रहेको बताउँदै पिटर ओ नेलसंग पनि आफ्नो सम्बन्ध बलिायो र सुमधुर रहेको स्मरण गरेका छन् ।

ओ नेलमाथि यसै वर्षको शुरुमा फ्रेन्च कम्पनी टोटल र अमेरिकी फर्म एक्सोन मोविलसंग भएको अर्वौं डलर वरावरको ग्यास परियोजना सम्झौता लगायत अन्य विभिन्न विषयलाई लिएर राजिनामाका लागि व्यापक दवाव परेको थियो ।