उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणबाट चिन्ता लागेको छैनः ट्रम्प


वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै उत्तर कोरियाबाट भएका क्षेप्यास्त्र परिक्षणहरुबाट चिन्ता नलागेको स्पष्ट पारेका छन् । आइतवार भ्रमणको क्रमा जापान आइपुग्ना साथ ट्विट गर्दै उनले आफ्नै राष्ट्रिय सुरक्षा सल्लाहकारको धारण विपरित यसरी प्तिक्रिया दिएका हुन् ।

ट्रम्पले ति क्षेप्यास्त्रहरुलाई साना खालका हतियारको संज्ञा दिएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टनले शनिवार ति परिक्षणले उत्तर कोरिया माथि तय गरिएको संयुक्त राष्ट्र संघको प्रस्तावनाको उल्लंघन भएके बताएका थिए ।

जापानको औपचारिक भ्रमण गर्ने क्रममा ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आवेसंग गल्फ खेलेर रमाइलो गरेका छन् । जापानको राजधानी टोक्यो नजिकको चिवा स्थित गोलफ खेलन जानुअघि ति दुवै नेतालेसंगै बसेर नाश्ता गरेका थिए । ट्रम्पले जापान र अमेरिकाबिच देखिएको व्यापार असन्तुलनलाई सम्वोधन हुने गरी आफुले सम्झौता गर्न चाहेको बताएका छन् ।

ट्रम्पले यसरी टिवट गरेका छन् , ‘ उत्तर कोरियाले केहि साना हतियार प्रक्षेपण गरेका छ , यसले मेरो केहि मानिस र अन्यलाई विचलित पारेको छ तर मलाई भने होइन । मलाई अध्यक्ष किमले मलाई दिएको बचन निभाउनेछन् भन्ने पूर्ण विश्वास छ । ’

ट्रम्पको टिवटको कारण उनी र बोल्टनबिच मतभेद देएिको यो पहिला ेघटना भने होइन । प्रधानमन्त्री आवेले पनि गत साता उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षणलाई ‘ अत्यन्तै खेदजनक घटना ’ को संज्ञा दिएका थिए ।

बोल्टन र आवे दुवैले उत्तर कोरियाको सो कार्यको कारण संयुक्त राष्ट्र संघको प्रस्तावनाको उल्लंघन भचएको बताएका थिए । भेनेजुयलाको मामिला तथा अमेरिका र इरानबिचको सम्बन्धमा आधारित विदेश नीतिमा समेत ट्रम्प र बोल्टनको मत आपसमा बाझिएका थिए ।

गत वर्षको १२ जुनमा सिंगारपुरमा सम्पन्न ऐतिहासिक वार्ताको दौरान ट्रम्प र किम जोंग उनबिच कोरियाली प्रायद्विपलाई निशस्त्र बनाउने विषयमा सहमति भएको थियो । तर केहि महिना अघि भियतनामको राजधानी हनोईमा भएको किम र ट्रम्पबिचको वार्ता बिना कुनै निष्कर्ष टुँगिएको थियो ।

किमले उत्तर कोरिया माथि लगाइएको केहि नाकावन्दि फुकुवा गर्न राखेको प्रस्ताव ट्रम्पले अस्विकार गरेपछि सा ेवार्ता असफल हुन पुगेको थियो ।