इमरान र मोदीबीच टेलिफोन वार्ता, आतंकमुक्त वातावरणको आवश्यकता


इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको लोकसभा चुनावमा प्रचन्ड बहुमतबा जित हासिल गरी पुन सत्तामा आएका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी बधाइ दिएका छन् ।

इमरानले जनताको भलाईका लागि दुई देश मिलेर काम गरिने अपेक्षा गरेको बताइएको छ । जवाफमा प्रधानमन्त्री मोदीले इमरानलाई क्षेत्रको शान्ति तथा समृद्धीका लागि हिँसामुक्त तथा आतंकमुक्त वातावरण अत्यन्त आवश्यक भएको बताए ।

गत फेब्रअरीमा पुलवामा आत्मघाती हमला तथा त्यसपछि पाकिस्तानको बालकोट स्थित जैश ए मोहम्मदको तालिम केन्द्रमा भारतिय वायुसेनाद्वारा भएको आक्रमणपछि पहिलो पटक दुई देशका प्रधानमन्त्रीबीच यो टेलिफोन वार्ता भएको हो ।

इमरानले फोनबाट मोदीलाई चुनाव जितेकोमा बधाइ दिएको पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले जानकारी दिएको हो । फैसलले ट्टिमा भेनका छन्– प्रधानमन्त्रील आज पीएम मोदीसँग वार्ता गरे र भारतको लोकसभा चुनावमा उनको पार्टीको जीतमा उनलाई बधाइ दिए । प्रधामन्त्रीले जनताको भलाईका लागि दुई देशले मिले काम गर्ने इच्छा ब्यक्त गरे ।

दक्षिण एसियामा शान्ति विकास र समृद्धीको आफनो दृष्टिकोण माथि जोड दिँदै प्रधानमन्त्री इमरानले मोदीसँग मिलेर काम गर्न इच्छा ब्यक्त गरेको फैसलले लेखेका छन् । पछि विदेश मन्त्रालयले उक्त वार्ताका पुष्टि गरेको छ ।

भारत प्रशासित काश्मीरको पुलवामामा भएको एक आत्मघाती हमलामा ४० जना भारतिय सैनिकको मृत्यु भएको थियो । उक्त हमलाको जिम्मेवार पाकिस्तान स्थित जैश ए मोह्म्मदले जिम्मेवार लिएको थियो ।

त्यसको केही दिन पछि फेब्रअरी २६ मा भारतिय वायुसेनाले उक्त सगठनको ठेगानामा आक्रमण गरेको थियो ।