अनामनगर र सुकेधारामा सिलिन्डर विस्फोटः तीनको मृत्यु, पाँच घाइते


काठमाडौं ।

सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा हुँदा तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

मृतकको सनाखत हुन सकेको छैन। घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै आनमनगरमा पनि सिलिन्डर पड्किएको छ । क्षतिको विवरणमा आउन बाँकी छ ।मृतकको सनाखत हुन सकेको छैन।