‘एकै घरका सबै सदस्य भुकम्प प्रभावितको लाभग्राहि सूचीमा’


मोतीराम तिमल्सिना, काभ्रे ।

अन्तिम पटक शुरु भएको भुकम्प प्रभावितहरुको लाभग्राहि सूचीका लागि परिवारका सबै सदस्यहरुको नाम दर्ता गराउन थालिएको छ । ‘एकाघरका बाबु, आमा, छोरा छोरी र बुहारी समेतको नाम दर्ता भएको छ’– वडा अध्यक्ष रेशमप्रसाद चौलागाईले भन्नुभयो ।

भुकम्प गएको चार वर्ष लाग्दा समेत नीजि आवास निर्माण सम्पन्न नभए पछि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले अन्तिम पटक सर्भेक्षण शुरु गरे पछि भुकम्प पीडितहरुले परिवारका सदस्यहरु सबैको नाम दर्ता गराउन थालेका हुन् । घर निर्माण गरेका पीडितहरुले भने पुरानो घरमा आफु बस्ने र नयाँ घरमा बस्तुभाउ बाँध्ने र गोठका रुपमा प्रयोग गर्ने गरेका छन् ।

‘छोरा बुहारी कामको सिलसिलामा काठमाडौ बसेकाले किन खाली राख्नु भन्ने उदेश्यले घरलाई गोठका रुपमा प्रयोग गरेको हुँ’–चौरीदेउराली ५ का कृष्णप्रसाद गौतमले बताउनु भयो ।

बास्तविक भुकम्प पीडितहरु प्रत्येक वडामा २५/३० जना रहेको भए पनि गुनासो फाराम भर्दा २ सय भन्दा धेरै भएको चौरीदेउराली गाउँपालिका उपाध्यक्ष तारादेवी चौलागाईले बताउनु भयो । वडा नम्वर ६ का अध्यक्ष रेशम चौलागाईले वडा कार्यालयमा नयाँ नागरिकता बनाएरै भए पनि एकाघरकै ५ जना भन्दा धेरैले भुकम्पको अनुदान लिएको बताउनु भयो ।

‘अहिले ४ सय भन्दा धेरैले फाराम भर्न अनुरोध गरिरहेका छन्’–वडा अध्यक्ष चौलागाईले भन्नुभयो –‘फाराम भर्न समस्या छ, नभरिदिँदा जनप्रतिनिधि माथी जनताको भरोसा टुट्दैछ ।’ मापदण्ड भित्र नपरेका ब्यक्तिहरुले अनुदान लिएका कारण बास्तविक पीडित छुटेको उपाध्यक्ष तारादेवी चौलागाईले बताउनु भयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष राजकुमार गौतमले ६ सय घर धुरी भएकोमा १२ सय भन्दा धेरैले अनुदान लिईसक्दा पनि अझै २ सय भन्दा धेरैको फाराम भर्न पर्ने अवस्था सिर्जना भएको बताउनु भयो । वडा अध्यक्ष विरबल लामाल पटक पटक गुनासो गर्दा पनि पीडितहरुका गुनासालाई सम्बोधन गर्ने गरी राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले काम नगरेको बताउनु भयो ।

स्थानीयहरुले नागरिकका गुनासा सम्बोधन गर्न र पीडितहरुलाई झनै पीडित नबनाउन सहभागि भकुम्प पीडितहरुले आग्रह गरेका थिए । अनुदानको किस्ता रकम ढिलाई भएकाले त्यसका बारेमा बुझिदिन, किस्ताका लागि बुझाईएका फाईल नहराउन र कागजातकै कारण रकम निकासा ढिलाई नगर्न पीडितहरुले अनुरोध गरे ।

चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ कात्तिकेदउरालीमा आयोजित सार्वजनिक सुनुवाईमा सहभागि भुकम्प पीडितहरुले सर्भेक्षण गर्दा पुर्वाग्रहि हिसावले नाम छुटाएको आरोप लगाए ।

तेश्रो पटक गुनासो सुनुवाईको फाराम भर्दा समेत लाभग्राहि सूचीमा नाम नपरेको भन्दै अन्तिम पटकको गुनासो भर्दा लाभग्राहि सूचीमा नछुटाउन साविक कात्तिकेदउराली गाउँ विकास समितिका पुर्व अध्यक्ष समेत रहेको नन्दिकेशर गौतमले अनुरोध गर्नु भयो । उहाँका तीनवटा घर नै भुकम्पका कारण बस्न अयोग्य छन् । तर पनि लाभग्राहि सूचिमा समावेश हुन सक्नुु भएको छैन ।

नागरिकका गुनासाका बारेमा सम्बोधन गर्दै जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख लोकनाथ रेग्मिले भुकम्प पीडितहरुको मापदण्ड भित्र परेका कोहि पनि भुकम्प पीडित अन्तिम पटककको सर्भेक्षणमा नछुट्ने बताए । अन्यत्र घर भएर पनि अनुदान लिने ब्यक्तिहरुलाई तत्काल रकम फिर्ता गर्न र अरुले लिएकै आधारमा पुनः फाराम नभर्न रेग्मिले सर्वसाधारणलाई अनुरोध गरे ।

कार्यक्रममा सामाजिक विकास विज्ञ विदुर तिमल्सिनाले भुकम्प पीडितहरुले गलत विवरण नदिन अनुरोध गर्दै रेट्रोफिटिङ्गमा ध्यान दिन, पुराना चर्किएका घरहरुमा नबस्न, नयाँ घरहरुको प्रयोग गर्न अनुरोध गर्नु भयो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण काभ्रेको सहयोगमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भुकम्प पीडित र जनप्रतिनिधिहरुले तत्काल समस्या समाधानमा ध्यान दिन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले नागरिकका हक अधिकारको वकालत गर्न र पीडितहरुको पीडा सरोकारवाला निकाय समक्ष पु¥याउन महासंघले जिल्लाका विभिन्न स्थानमा सार्वजनिक सुनुवाई र अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।