धरानमा लघुवित्तका कर्मचारीमाथि गोली प्रहार


धरान, धरान बजारमा अवस्थीत एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार भएको छ । जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ ।

गोली हान्ने समूहको पहिचान नभएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।