अन्त्यष्टि हुँदैन, मानव शव मल बन्छ


लस एन्जलस (एजेन्सी)
अमेरिकामा मानव शवको मल बनाउन अनुमति दिएको छ । वासिगट यो नियम लागु गर्ने पहिलो राज्य हुनेछ । वासिंगटनका गभर्नरले यो विधेयकमा हस्ताक्षर गरेको छ ।

यो विधेयकको उद्देश्य अन्तिम संस्कार तथा गाड्ने परम्परकाका कारण कार्बन उत्र्सजनमा कटौती गर्नु हो । यो नयाँ नियम अर्को बर्षदेखि लागु हुने छ । यस नियम अन्तर्गत नागरिकलाई आफनो शव मल बनाउन दिन सकिने विकल्प हुने छ । यो प्रक्रियालाई रिकम्पोजिनसन भनिएको छ ।

सियाटलको एक कम्पनील्े रिकम्पोजले सबै भन्दा पहिला मानव मल बनाउने प्रस्ताव गरेको थियो । यसका लागि नियम बनाउन संघर्ष गरेकी तथा रिकम्पोजकी संस्थापक क्याटरिना स्पेडले भनिन् ( रिकम्पोजिसन शवलाई गाड्ने वा अन्तिम संस्कारमा विकल्प प्रदान गर्छ । यो प्राकृतिक हुनु सँगै सुरक्षित र टिकाउ छ । यसबाट कार्बन उत्सर्जन मात्र रोकिने नभई जमिन पनि बच्छ ।

प्रकृतिमा फर्कनु र जीवन मृत्युको चक्रमा फिर्ताजाने विचार अत्यन्त सुन्दर हो ।
क्याटरिनाका अनुसार रिकम्पोजिसनको विचार आफु ३० बर्ष उमेरको हुँदा अर्थात १० पहिला आएको हो । त्यतिबेला आफुले आफनो मृत्युका बारेमा पनि धरै नै सोच्ने गरेको उनी बताउँछिन् । उनले पर्यावरणका लागि अत्यन्त राम्रो सावित हुने एक अन्य विकल्पमा सोच्न थालेकी थिइन । उसको अगाडी २० अर्ब डलरको अमेरिकी अन्तिम संस्कार कारोबार चुनौतीका रुपमा थियो , जसले परम्परागत पक्रियाको निरन्तरतालाई जोड दिन्छ ।

मानव मलका लागि क्याटरिनाले वासिंगटन स्टेट युनिभर्सिटीमा विस्तृत परिक्षण पनि गरे । यसका लागि शवलाई स्टिलको कन्टेनरमा सुखा घाँस, काठ र छ्वालीसँग ३० दिनसम्म बन्द गरि राखियो । यस क्रममा ब्याक्टेरियाले शललाई पुरै डिकम्पोज गर्यो । प्रक्रियाबाट प्राप्त उत्पादन सुखा र पोषक तत्व युक्त थियो , जसको प्रयोग बगैंचामा गर्न सकिन्थ्यो ।

क्याटरिनाका अनुसार यो प्रक्रियामा हड्डि तथा दाँत पनि पुरै गलेको थियो । ब्याक्टेरियाबाट शव पुरै डिकम्पोज गराउन धेरै तापक्रम बनाइराखेको उनले बताइन् । रिकम्पोज प्रक्रियामा पहिला जनावरका सिनो गलाएर मल बनाइने गथ्र्यो । वासिंगटन युनिभर्सिटीले परीक्षणमा यस प्रक्रियामा मानव शव पनि उपयुक्त भएको पायो ।

यस पक्रियाले बजार लिँदै गएको अवस्थामा मृतकको अन्त्यष्तीमा हुने खर्चमा पनि ब्यापक कमी हुने छ भने गाड्न तथा अन्य प्रकारका अन्त्यष्टिका लागि आवश्यक जमिन पनि जोगिने छ ।

तर यस प्रकारको प्रक्रियालाई धार्मिका संस्थाहरुबाट विरोध आउन सक्ने सम्भावना पनि त्यतिकै रहेको अनुमान गरिएको छ ।