शैक्षिक सुधार भए मात्र देश समृद्ध बन्छः अध्यक्ष शर्मा


धनवीर दाहाल,रुकुम
नेपाल राष्टिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माले शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढे मात्र देश समृद्ध बन्ने बताउनुभएको छ । नेपाल राष्टिय शिक्षक संगठन रुकुम पश्चिमको १६ औ जिल्ला परिषदलाई आज मुसिकोटमा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

अन्य देशमा शिक्षा र शिक्षकलाई पहिलो प्राथमिकतामा राख्ने अभ्यासले मात्र संघीयता र देश समृद्ध भएको उदारहरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले शिक्षा ऐन र नियमावलीहरु शिक्षा क्षेत्र र शिक्षकरुको हितमा आउनुपर्ने बताउनुभयो ।

नेपालको राज्य प्रणालीले शिक्षकहरुलाई हेपाह प्रवृत्तिले हेर्ने दृष्टिकोण भएकोले यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । त्यस्तै सार्वजनिक शिक्षाको वृत्ति विकासक लागि शिक्षकहरुलाई निजामति र सुरक्षा निकायका कर्मचारी भन्दा २० प्रतिशतले तलभ बढी दिई मासिक ४० हजार दिनुपर्ने बताउनुभयो ।

त्यस्तै शिक्षकको पेशागत हितका लागि पहिना पहिनामा तालिम, गोष्ठि हुनुपर्ने, १० लागि बीमा हुनुपर्ने, राज्यबाट सहुलियत उपचार, शिक्षक र सस्थागत विकासका विभिन्न कार्यक्रम लागु गर्न पनि सरकारलाई माग गर्नुभयो । यसका लागि शिक्षक संगठन लागि परेको र निरन्तर संघर्षमा रहेको बताउनुभयो ।

शिक्षकहरु सबैभन्दा बृद्धिमान र ईमान्दार भएकोले सरकारले र सम्बन्धित पक्षले नहेप्न पनि चेतावनी दिनुभयो । आफ्ना मागहरु स्थानीय, प्रदेश र संघीय सरकारले पुरा नगरे देश ठप्प पार्न समेत पछि नहट्ने बताउनुभयो ।

अहिले पनि निजी शिक्षाको भन्दा सार्वजनिक शिक्षा धेरै गुणा गुणस्तरीय भएको दाबी गर्नुभयो । लोकसेवा आयोग, विश्वविद्यालय, संघसंथा र विदेशी शैक्षिक सस्थामा समेत सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीहरुले सफलता बढी प्राप्त गरेको दाबी गर्नुभयो । निजि शिक्षामा पढेकाहरु विदेशमा गएर लुकेको र नेपालको शिक्षा क्षेत्रमा कुनै सेवा नगरेको बरु विभिन्न सामुद्रिक तटमा सेल्फी खिचिरेको आरोप लगाउनुभयो ।

निजि शिक्षाका सञ्चालकहरुले बढी प्रचार गरेकोले भ्रम भएको र सार्वजनिक शिक्षामा प्रचारबाजी नभएकोले सरकारी शिक्षालाई कसैले नबुझेको बताउनुभयो । नेपाल राष्टिय शिक्षक संगठन नेपालको सबैभन्दा जेठा र ठूलो संगठन भएको भन्दै अन्तराष्टिय सचिव र उपाध्यक्ष जस्तो क्षेत्रमा समेत संगठनले हात पारेको बताउनुभयो ।

आगामी वर्षमा सार्वजनिक शिक्षा र शिक्षक वर्गलाई सक्षम र स्तरिय बनाउने, शिक्षकवर्गलाई एउटै शिक्षकका रुपमा स्थापित गराउने, राहत, अस्थायी, करार, नीजि, स्थायी शिक्षकका

सबै प्रकारका समस्या हल गर्न लागि पर्ने, शिक्षकका सबै प्रकारका सेवा सुविधामा वृद्धि र थप गर्न पहल गर्ने, सार्वजनिक शिक्षाको गुणस्तर बढाउन सक्रिय रहने , आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमै भर्ना गराउने, शिक्षक बीमा १० लाख बनाउन पहल गर्ने, संगठनलाई शसक्त बनाउने लगायतका निर्णय पारित गर्दै १६ औ जिल्ला परिषद सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य खेममान खड्का, नेकपा रुकुम पश्चिमका सचिव विमल पुनमगर, नेपाल राष्टिय शिक्षक संगठनका उपाध्यक्ष नन्दराम देवकोटा, शिक्षक महासंघका केन्द्रिय सदस्य संगम केसी, शिक्षक महासंघ रुकुम पश्चिमका उपाध्यक्ष देवबहादुर खड्का, अखिल नेपाल शिक्षक संगठनका प्रतिनीधि प्रेम बहादुर खड्का, नेपाल शिक्षक संघका जिल्ला सचिव खिम बहादुर खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाल राष्टिय शिक्षक संगठन रुकुमका अध्यक्ष लोकबहादुर केसीले गर्नुभएको थियो भने सञ्चालन सचिव यमराज ओलीले गर्नुभएको थियो ।