कालिकोटका युवाद्धारा गम्भिर अवस्थाका विरामीलाई आर्थिक संकलन


कालीवहादुर मल्ल, कालिकोट ।

गम्भीर विरमी भएर एक महिना देखि अस्पतालको शैयामा छटपाटाइरहेका कालिकोट नरहरीनाथ गाउँपालिका उर्मीला विष्ट र शुभकालिकाका गेविन्द परियारलाई कर्णाली शहिद स्मृति प्रतिष्ठानको टोलिले उपचारका लागि अर्थिक सहयोग जुटाएको छ ।
|
प्रतिष्ठनका अध्यक्ष एवम युवा विद्यार्थी जगत चौलागाँइको नेतृतवको टोलिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सहयोग संकलन गरी आर्थीक अवस्था नाजुक रहेका विरामीका आफन्तलाई हस्तान्त्रण गरेको हो ।

बर्दियाका देवेन्द्र खत्रीले कर्नी प्रहार गरी आन्द्रा निस्केर गम्भिर घाइते भएका गोविन्द परियारलाई १९ हजार ३ सय ५५ र ब्रेन टिउमर भएरगम्भिर अवस्थामा काठामाण्डौ न्यूरो अस्पतालमा उपचार भइरहकी उर्मिला विष्टलाई २४ हजार नगद हस्तान्त्रण गरिएको प्रतिष्ठाका प्रतिनिधि भिमप्रसाद आचार्यले वताउनुभएको छ ।
उहाका अनुसार कर्णाली प्रदशका मुख्यमन्त्रीका प्रमुख स्वाकीय सचिव खेमवहादुर सिंहले ५ हजार ५ सय,शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँइले ५ हजार गरी अन्य व्यापारी तथा सस्थाहरुवाट सहयोग गरिएको हो । सहयो पाएपछि विरामीका पत्नी चन्दा दमाइले युवा तथा विद्यार्थीले संकलन गरेको सहयोगले विरामीलाई राहत पुगेको वताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णप्रसाद आचार्य,पष्पराज आचार्य,दिपक चौलागाँई,दानवहादुर बोगटी लगाएतको टोलले बजारमा सहयोग संकलन गरेर नाजुक आर्थिक अवस्थामा रहेका विरामीका परिवारलाई सहयोग हस्तान्त्रण गरेका छन् ।