बर्षौ देखि खानेपानीको समस्या उस्तै, भेरी नदिको पानीमा जिवन चल्दै


बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोट भेरी नगरपालिका १३ कुदुमा खानेपानीको समस्या वर्षौ देखि जस्ताको त्यस्तै छ । जति वजेट आएपनि सरोकारवालाहरुको ध्यान नजादाँ खानेपानी प्रयाप्त हुन सकेको छैन ।

लामो खडेरी र पानी आई रहेको मुहान करिव १० किलो भिटर टाढा भएका कारण आवतजावत गर्ने मानिसले पानीको पाईप छुटाई पानी पिउने गर्दा यस्तो समस्या आउने गरेको छ । गत वर्ष भेरी नगरपालिकाबाट विनियोजन गरेको करिव ५० लाख वजेट उपभोक्ता समितिले समयमा काम सम्पन्न गर्न नसक्दा वजेट फ्रिज भएको हो ।

स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारबाट आएको वजेट सरोकारवालाको उदासिनताका कारण खानेपानीमा सुधार आएको छैन । बजेट विनियोजन हुन्छ सरोकारवाला निकायबाट बजेटको अनुगमन नहुदाँ यस्तो समस्या आएको स्थानियको भनाई रहेको छ ।

भेरी नगरपालिका १३ की ६८ वर्षिय भद्री खत्री न्यौपानेले वर्षौ बजेट आउछ कसले खान्छ कता जान्छ हाम्रो भेरी नदिवाट पिठिउम गाग्रि वोकेर पानी ल्याएर खाना छाडेका छैनौ उहाँले भन्नु भयो ।
चुनावको समयमा सवैले पानि प्रयाप्त वनाउछौ हामीलाई जिताउनु होस भन्छन जितेर गएका सवै आफनै मोज मस्ती तिर लाग्छन जनताका दुख जस्ताका त्यस्तै छन, पानीमा सुधार नआएको छैन उहाँले भन्नु भयो ।

भेरी नगरपालिका १३ कुदुमा उहाँ जस्तै सयौ महिलाहरु भेरी नदिबाट पानि वोकेर पिउने गरेका छन । विरामी भएपनि भेरी नदिवाट पानि नल्याइ पानी खाना नपाउने बाध्यता रहेको अर्का स्थानिय धु्रव प्रसाद शर्माले वताउनु भयो ।

उहाँले भेरी नदी वाहेक कुदुमा पानीको अन्य विकल्प नभएकोले यस्तो समस्या आएको हो । राज्यले सानो वजेट भन्दा पनी यस क्षेत्रमा पानीको लागी बृहत योजना संचालन गरे पानीको समस्या अन्त्य हुने वताउनु भयो ।

जाजरकोटको ७ वटै गाउपालिका नगरपालिका भन्दा मैदान परेको जमिन भएपनि पानि नहुदाँ हरियो साग, लगाएतका तरकारी खाना नपाईने समय र जमिन खन जोत गर्न नपाउदाँ जमिन वाझो रहने गरेको छ । मध्यपहाडी लोकमार्ग, छिन्चु जाजरकोट, जाजरकोट, डोल्पाको मुल सडक यसै क्षेत्र हुदै गएको छ ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले केन्द्र सरकार लगाएत अन्य निकायबाट कुदुमा पानीको लागी आएको वजेटलाई सदुपयोग गरी कुदुमा पानीको प्रयाप्त गर्न लागी परेको वताउनु भयो ।