मतपरिणाम नआउँदै मोदीलाई ओलीको बधाई


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभामा पाएको जितका लागि बधाई दिएका छन्।

प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै २०१९ को लोकसभा चुनावको जितका लागि बधाई दिएका छन्।

उनले मोदीको आगामी कार्यकालका लागि पनि सफलताको सुभकामना दिएका छन् । साथै मोदीसँग निकट रहेर काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन्।

भारतमा आज मतगणना जारी छ। निर्वाचन आयोगले अहिलेसम्म अन्तिम परिणाम घोषणा गरिसकेको छैन। प्रारम्भिक नतिजाहरूमा भने सत्तारूढ भाजपा एक्लै बहुमततर्फ अग्रसर छ।
प्रधानमन्त्री ओलीले चुनावी परिणाम औपचारिक रूपमा सार्वजनिक नहुँदै मोदीलाई बधाई दिएका हुन्।